मोरंग सुनसरी सेवा समाजद्वारा सुविन धिमालको उपाचारमा सहयोगको अपिल

image

अगाष्ट १९, मोरंग सुनसरी सेवा समाज कुवेतद्वारा मोरंग जिल्ला बेलबारी नगरपालिका ४ का स्थाई बासिन्दा श्री अर्जुन धिमाल का छोरा १२ बर्षका सविन धिमाल ब्रेन ट्युमरका कराण भरात को नयाँ दिल्ली गंगाराम हस्पितलमा उपचार भईरहेको हुँदा उपचारको लागी आर्थिक अवस्था कमजोर भएकोले धिमालको सहयोगको लागी अपील गरेको छ।

समाजले आज एक अपिल जारी गरी सुविन धिमाल बिगत १ महिना देखी उपचार खर्चको अभावमा जीवन मृत्यसंग लडिरहेको र त्यसको निम्ति लालभित्ती युवा क्लब र बोलबारी बेलबारी नगरपालीकाको तर्फबाट मोरंग सुनसरी सेवा समाज कुवेतलाई पत्रचार गरी पिडीत परिवारलाई सहयोग गराई दिन आव्हान गरिएको बताएको छ।

अपिलमा उक्त बिषयलाई गम्भिरताका साथ लिई समाजको तर्फबाट बिगतमा पनि हाम्रो देश र समाजमा आई परेका यस्ता अनेकौं समस्याहरुमा आफ्ना सहयोगी हात अगाडी बढाउँदै सहयोग गर्दै आउनु भएका कुवेतमा कृयाशिल संघ संस्था एवम् समाजसेवी ब्याक्तिहरुमा फेरी पनि एक पटक सविन धिमाललाई आर्थिक सहयोग गरी जीवन रक्षा गरीदिन हुनको निम्ति मोरंग सुनसरी सेवा समाज, कुवेत हार्दिक अपिल गर्दछौं भनिएको छ।

image

सहयोगको निम्ति सम्पर्क ब्याक्तिहरु:
अमृतबहादुर गुरुङ – ६७७०८०१९
अरुण निङलेकु लिम्बू – ९९२३४८७८
नानुराज बराल – ६०९८५७१८

image






Related Posts
  • नेपाली दूतावास कुवेतद्वारा भिजिट नेपाल २०२० सफल पार्नको लागि छलफल कार्यक्रम सम्पन्न
  • कुन्साङ वाईबाको डम्फु ह्राप्सी गितको भिडियो सार्वजनिक (भिडियो सहित)
  • कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा
  • तमू समाज कुवेतले १० जनावरी तमू (च्यु) ल्हाेसार कार्यक्रम गर्दै
  • पछिल्ला सम्प्रेसणहरु

    नेपाली दूतावास कुवेतद्वारा भिजिट नेपाल २०२० सफल पार्नको लागि छलफल कार्यक्रम सम्पन्न

    कुन्साङ वाईबाको डम्फु ह्राप्सी गितको भिडियो सार्वजनिक (भिडियो सहित)

    कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस