आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

आदिवासी जनजाती महासंघ कुवेतको बैठक सम्पन्न, प्रथम ऐतिहासिक अधिवेशन २५ नोभेम्बरमा

परदेशी खबर ३ भाद्र २०७३, शुक्रबार १७:२३ मा प्रकाशित ( ७ साल अघि) २४० पाठक संख्या

image

दिलकुमार पाख्रीन, कुवेत

अगस्ट १९, आदिवासी जनजातीहरुको छाता संगठन आदिवासी जनजाती महासंघ कुवेतले २५ नोभेम्बर २०१६ मा प्रथम ऐतिहासिक अधिवेशन गर्ने भएको छ। आज फर्वानिया स्थित “हाम्रो शैलुङ्गे” नयाँ नेपाली रेस्टुरेन्टमा गत १२ अगस्ट २०१६ मा नेपाली सभागृह फर्वानियामा भएको २२ औं विश्व आदिवासी दिवसको कार्यक्रमको समीक्षा गर्दै बैठकद्वारा उक्त निर्णय गरिएको हो।

उपाध्यक्ष रमेशकुमार राई “चट्याङ” को अध्यक्षतामा बसेको उक्त बैठकमा कुवेतमा क्रियाशिल जातिय संस्थाहरुका अध्यक्षहरु, आदिवासी जनजातीका अभियान्तीहरु र संस्थाका कार्यसमिती पदाधिारी र सदस्यहरुको उपस्थिति रहेको थियो। दिउँसो दुई बजे देखि बसेको बैठकले गत कार्यक्रममा भएका कमि कमजोरीहरु र सुधार गरीनु पर्ने कुराहरुको बारेमा गम्भिर छलफल भएको थियो। बिचारहरु राख्ने क्रममा देशमा संबिधान संशोधन गरेर आदिवासी, दलित तथा उत्पीडित बर्ग/समुदायको जायज मागहरुलाइ सम्बोधन गर्दै संस्थागत गर्नुपर्नेमा वक्ताहरुले व्यापक रुपमा आवाज उठाएका थिए।

झन्डै दुई बर्ष अगाडी समाजका अग्रज, समाजसेवी तथा बुद्धिजिवी राजेन्द्र तामाङको संयोजकत्वमा खोलिएको संस्थालाई पुर्णता दिन अधिवेशन गर्न लागिएको महासंघले बताएको छ।

महासंघले उक्त दिन कसैले पनि कार्यक्रम नजुधाई दिनहुन अनुरोध गर्दै कुवेतका सबै संघ संस्थाहरुलाई उपस्थितिको लागि परदेशी खबर मार्फत अनुरोध गरेका छन्।

स्थान र समय निश्चित भैनसकेकोले पुनः अनलाइन मिडियाबाट सूचित गरिने जानकारी पनि महासंघले दिइएको छ।