आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

कविता ​सलाम छ जोया तिमी लाई 

परदेशी खबर ३१ श्रावण २०७३, सोमबार ०३:३९ मा प्रकाशित ( ७ साल अघि) २६५ पाठक संख्या


हो

मेरो र नेपालीको

तर्फबाट

सलाम छ जोया तिमी लाई

प्रदेशको ठाउँमा

दुई पैसा कमाउन

घर परिवार त्यागेर

अाए कि थियौ

साथमा

अनेकौं अनेकौं

सपना पनि

माया प्रेम

लाई ईश्वरको

बरदान सम्झी

सात समुन्द्रको

प्रदेशी लाई

तन मन सुम्पी

जिबन्त मानी

चट्टकै

अाफ्नो घर

परिवार भुलेर

नेपाल भुमीमा अायौ

तिमी हौ प्रदेसी

 तर तिमी मा

 वीरहरुकै

 साहस रहेछ

    र त

कदम मा कदम मिलाउदै

अाई पुग्यौ

अनेकौं हन्डर ठक्कर बाट

त्यो दैत्य लाई बचायौ

जो जिबनको नै

     भार  र

नेपालीको नामको कलङ थियो

प्रदेस मै कुहिन थालेको लाई

जोया तिमीले नयाँ जीवन दियौ

उसलाई नेपाल भुमीमा टेकाएर

जसको गर्यौ तिम्ले रक्षक

अाज तेही तिम्रो बन्यो भक्षक

अनेकौं दर्द ठक्कर

खादै दुई मुटु लाई

सधैं सुरक्षा दिई रहयौ

यसैले म सलाम गर्छु तिमी लाई

ब्यति गत तर्फ बाट

              र

सारा नेपाली को तर्फ बाट

हो जोया

अाज प्रमाणीत भयो

साच्चै नारी

धर्ति नै रहिछिन्

 तिमी

त्याग

बलिदान

समर्णको अगाडि

हामी त साच्चै

तुच्छ रहेछौ

तिमी देबी हौ

सीता मैयाँ हौ

जस्ले अाफु र

अाफ्नो परिवार को

शिर उच्च बनायो

 त्यसैले

सलाम गर्छु म  जिया तिमी लाई


सिमा कार्की”समर्पण”

पाँचखाल काभ्रे 

हाल इराक