साउदी अरबमा पनि २२ औ बिश्व आदिबासी दिवस मनाउने

image

अशिम दोर्जे तामाङ, साउदी अरब

अगष्ट ७, “पहिचान र अधिकार सहितको संघीयता आदिबासी जनजातिको अडान, अपूर्ण र अधुरो संविधान संशोधनको लागि हाम्रो साझा अभियान” भन्ने मुल नाराका साथ आउदो १२ अगस्ट २०१६ शुक्रवारका दिन साउदी अरबको जेद्धामा २२ औ बिश्व आदिबासी दिवस मनाउने भएको छ । नेपाल आदिबासी जनजाती महासंघ क्षेत्रीय समन्वय समिती जेद्धा साउदी अरबको मुल आयोजना तथा नेपाल तामाङ घेदुङ प्रवास शाखा साउदी अरब जेद्दा र तमु धी: नेपाल क्षेत्रीय समिती जेद्दा साउदी अरबको सयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो ।
विश्व आदिवासी दिवस अगष्ट ९ मा परेता पनि यहाको अनुकुलतालाई ध्यानमा राखी यही अगष्ट १२ तारिख शुक्रवारको दिन आयोजना गर्न लगेको र उक्त कार्यक्रममा साउदी अरब पश्चिमी क्षेत्रमा आबद्ध जातीय संघ संस्था प्रमुख तथा परिवारलाई आमन्त्रण गरिएको र अन्य संस्थाहरुको हकमा संस्था प्रमुखहरुलाई उपस्थितिको लगि आमन्त्रण गरिएको जनकारी नेपाल आदिबासी जनजाती महासंघ क्षेत्रीय समन्वय समिती जेद्दा साउदी अरबको सचिव तथा नेपाल तामाङ घेदुङ प्रवास शाखा साउदी अरबका महासचिव नबराज घिसिङ तामाङले जानकारी दिएका छन्।

कार्यक्रममा विश्व आदिवासी दिवसको सन्दर्भ, यसले पारेको प्रभाव, विश्व परिवेसमा आदिवासीहरुको अवस्था, नेपाली आदिवासी समुदायको इतिहास , बर्तमान अवस्था, हालसम्मको उपलब्धी, विश्व आदिवासी दिवसको औचित्य,नेपालको पछिल्लो आदिबासी आन्दोलन, जारी संविधानमा जनजातिको हक अधिकार, संविधान संशोधन, पहिचान र अधिकार सहितको संघीयता लगायतका विषयबस्तु वरिपरि रहेर यहाँ रहेका आदिबासी जनजाति संस्था प्रमुख, बुद्धिजिवी तथा समाजसेवीहरुले आफ्नो विचार, राय तथा महत्त्वपूर्ण भनाइ रख्ने भएका छन्।

कार्यक्रममा आफ्नो पहिचान झल्काने मौलिक भेषभुषामा उपस्थिति भइ आफ्नो मौलिक पहिचान झल्किनका लागि समेत आयोजकले सबैमा अनुरोध गरेको छ ।

कार्यक्रम साउदी अरब जेद्धा शहरको सराफिय स्थित हिलटप रेस्टुरेन्टको कार्यक्रम हलमा दिनको १ बजे देखि आयोजना हुनेछ ।






Related Posts
  • नेपाली दूतावास कुवेतद्वारा भिजिट नेपाल २०२० सफल पार्नको लागि छलफल कार्यक्रम सम्पन्न
  • कुन्साङ वाईबाको डम्फु ह्राप्सी गितको भिडियो सार्वजनिक (भिडियो सहित)
  • कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा
  • तमू समाज कुवेतले १० जनावरी तमू (च्यु) ल्हाेसार कार्यक्रम गर्दै
  • पछिल्ला सम्प्रेसणहरु

    नेपाली दूतावास कुवेतद्वारा भिजिट नेपाल २०२० सफल पार्नको लागि छलफल कार्यक्रम सम्पन्न

    कुन्साङ वाईबाको डम्फु ह्राप्सी गितको भिडियो सार्वजनिक (भिडियो सहित)

    कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस