यूएईमा तिज हंगामा २०७३ आयोजना हुने, रामजी खाँड लगायतका राष्ट्रिय स्तरका कलाकार आउने

image

यूएई सम्वादाता

अगष्ट ७, नेपाली हिन्दु नारीहरुको माहान चाड हरितालिका तिजको पावन अवसरमा बाढी पीडित सहयोगार्थ “नेपाली कल्चर इभेन्ट” को दोश्रो प्रस्तुति “तिज हंगामा-२०७३” आयोजना हुने भएको छ।

हिमालय वर्ल्ड ट्राभल,सनराइज लेडिज सलोन र अल सम्हा क्याफेटेरिया एण्ड रेस्टुरेन्ट को मुख्य प्रायोजनमा बिविध सांस्कृतिक कार्यक्रमको आयोजना यूएईको राजधानी आबुधाबी मा यहि २ सेप्टेम्बर २०१६ शुक्रबार सम्पन्न हुनन कुरा संस्थाका अध्यक्ष श्री भिम घिसिङले जानकारी दिएका छन्।

अध्यक्षका अनुसार यस अघिको सोनाम ल्होछार कार्यक्रमबाट पनि उठेको रकम नेपालको काठमाडौं मा अवस्थित एन. ए. वि. महिला क्षात्रावासका नेत्रविहिनहरुलाई संस्थाले सहयोग गरेको कुरा जानकारी गराएका छन्।

“तिज हंगामा-२०७३” कार्यक्रमबाट उठेको रकम पनि नेपालको बिभिन्न जिल्लामा अवस्थित बाढी पिडितहरुलाई पूर्ण सहयोग गर्ने कुरा अध्यक्षले जानकारी दिएका छन्।

यस कार्यक्रमको आयोजकहरु सागर क्षेत्री, सबिन खड्का, भिम घिसिङ,सुरेन्द्र थिङ, टंक भुजेल, बिष्णु पुरी, बिकास थापा, सोक्किङ बिक्की, लक्ष्मण बलम्बकी, मनिष खड्का र हरि खड्का आदि रहेका छन्।

यसैगरी तिज “हंगामा-२०७३” मा नेपालबाट राष्ट्रिय स्तर का ख्याती प्राप्त कलाकारहरु रामजी खाँड, रमिला न्यौपाने, रमेशराज भट्टराई, शान्ति सुनार, सुनिता राई र विजय लामा लगायत यूएईको आबुधाबीका नेपाली स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने कार्यक्रम संयोजक श्री सोनाम दोर्जे लामाले पर्रदेशी खबरलाई जानकारी गराएका छन्।

 






Related Posts
  • तमु समाज युएईले आउदो जनवरी १० तारिख तमु च्यु ल्होसार भव्यता साथ मनाउदै
  • अञ्जु थोकरको ‘सुन सुन साथी’ सार्वजनिक ( भिडियो सहित )
  • एनआरएनए कुवेतले इराकमा १४ वर्षदेखि अलपत्र परेकी एक नेपाली महिलाको उद्धार
  • नेपाल आदिवासी जनजाती महासंघ युएई द्वारा Learning & People Development तालिम सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    तमु समाज युएईले आउदो जनवरी १० तारिख तमु च्यु ल्होसार भव्यता साथ मनाउदै

    अञ्जु थोकरको ‘सुन सुन साथी’ सार्वजनिक ( भिडियो सहित )

    एनआरएनए कुवेतले इराकमा १४ वर्षदेखि अलपत्र परेकी एक नेपाली महिलाको उद्धार

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस