आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024
FLASH NEWS

राष्ट्रिय चलचित्र पुरस्कार: पशुपति प्रसाद तीन विधामा उत्कृष्ट, दयाहाङको ह्याट्रिक

परदेशी खबर १६ असार २०७३, बिहीबार १५:१५ मा प्रकाशित ( ७ साल अघि) ४१७ पाठक संख्या

सुशील पौडेल, काठमाडौं,

3006201607522622092015090638Dayahang-Rai)-(4)-copy-600x0-1000x0 असार १६ – राष्ट्रिय चलचित्र पुरस्कारमा पशुपति प्रसादले बाजी मारेको छ । निर्देशन, फिल्म र पटकथा गरेर तीन वटै बिधामा पशुपति प्रसादलाई उत्कृष्ट ठहर गर्दै पुरस्कार घोषणा गरिएको हो । यसका निर्देशक दीपेन्द्र के खनाल हुनभने पटकथा लेखक खगेन्द्र लामिछाने हुन् ।

त्यसैगरी दयाहाङ राईले अभिनेतामा ह्योट्रिक गरेका छन् । यस बर्षपनि दयाहाङ उत्कृष्ट अभिनेता छानिएका छन् । यसअघि उनी दासढुङ्गाबाट उत्कृष्ट सहअभिनेता र कबड्डीबाट उत्कृष्ट अभिनेतामा छानिएका थिए । यसपटक फेरी उनी कबड्डी कबड्डीबाट उत्कृष्ट अभिनेता बने ।

त्यसैगरी फिल्म क्यालसिकबाट नम्रता श्रेष्ठा उत्कृष्ट अभिनेत्री, छ्यांकनमा ड्रिम्सबाट पुरुषोतम प्रधान र संजय लामा, सम्पादनमा क्लासिकबाट सुरेन्द्र पौडेल र उत्कृष्ट नवनिर्देशकमा भूवन केसी छानिएका छन् । त्यसैगरी दीर्घसाधना सम्मानबाट अभिनेत्री बसुन्धरा भूषाल सम्मानित भएकी छिन् ।
आदिवासी जनजाति विधामा गुरुङ भाषाको फिल्म यूम्पो देउराली उत्कृष्ट ठहरिएकाे छ ।साभारः कान्तिपुरबाट

बिधा र पुरस्कृत

फिल्म: पशुपति प्रसाद
निर्देशन: दीपेन्द्र के खनाल (पशुपति प्रसाद)
पटकथा: खगेन्द्र लामिछाने (पशुपति प्रसाद)
अभिनेता: दयाहाङ राई (कबड्डी कबड्डी)
अभिनेत्री: नम्रता श्रेष्ठ (क्लासिक)
नवनिर्देशन: भूवन केसी (ड्रिम्स)
छ्यांकन: पुरुषोत्तम प्रधान र संजय लामा (ड्रिम्स)
सम्पादन: सुरेन्द्र पौडेल (क्लासिक)
दीर्घसाधना सम्मान: बसुन्धरा भूषाल
आदिवासी जनजाति: यूम्पो धेउराली (गुरुङ)