आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

ङ्याङला त्रिशुली तामाङ समाजले बृहत सांस्कृतिक कार्यक्रमको साथ मनाए प्रथम साधारणसभा

परदेशी खबर १२ असार २०७३, आईतवार ०४:१८ मा प्रकाशित ( ७ साल अघि) ३३३ पाठक संख्या

लामा भाइ, काठमाडौं,

13523863_726020204207856_2074431748_o (1)असार १२- ङ्याङला त्रिशुली तामाङ समाजले हिजो असार ११ गते २०७३ शनिबारका दिन आफ्नो संस्थाको प्रथम साधारण सभा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरि बौद्ध स्थित रामनगर पाटि प्यालेस्टमा भब्य रुपले मनाएको छ ।
“आपसी एकता हाम्रो उद्धेश्य, समृद्धि तामाङ समाज हाम्रो लक्ष्य” भन्ने मुल नाराका साथ २०७२ मा स्थपित यस संस्थाले त्रिशुली तामाङ समाज भित्र भइपरि आउने हरेक समस्यको समाधान गर्ने र आफ्नो कला संस्कृती, रितिरिवाज, भाषा, भेषभुषा, धर्म र परम्परालाई जिवित राख्नुका साथै बिश्व माझ चिनाउने उदेश्य रहेको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष एंव सभापति मेग्नाथ तामाङ, प्रमुख अतिथि नुवाकोट क्षेत्रा नम्बर तिनका बरिस्ठ काङ्ग्रेस नेता बहादुरसिङ लामा, विशेष अतिथिहरु अन्तर्राष्ट्रिय तामाङ परिषदका उपाध्यक्ष छत्र लामा, लोकतान्त्रिक तामाङ संघका महासचिव बिजय लोप्चन, तामाङ काठमाडौं महानगरपलिकाको कार्य कारी प्रमुख रुद्र सिङ तामाङ, नेपाली कांग्रेसका महा समिति सदस्य तथा महिला नेतृत्व लालिमाया तामाङ लगायतको उपस्थिति रहेको थियो ।

13509627_726020250874518_630545890_oसभापति र प्रमुख अतिथिद्धारा दिप प्रज्वलन गरि उद्घाटन गरिएको उक्त कार्यक्रममा बिगत केहिदिन अगाडि मात्र अफगानिस्तानमा तालिवान आक्रमणमा परी जीवन गुमाउनु भएका १२ जना नेपालीको चिर आत्माले शान्ती मिलोस भन्दै लामा गुरु खेम्पो कर्म नाम्गेल र उपस्थित अतिथिहरु सबैले मोलम पठ गरेका थिए ।
संस्थाका कलाकारहरुको स्वागत नृत्यबाट सुरु भएको कार्यक्रममा म्हेन्दोमायाका चर्चित तथा बरिस्ठ गायक, गायिका, मोडेल र चर्चित हास्य कलाकार नीर आले मगर लगायतले भरपुर मनोरञ्जनका साथ उपस्थित सबैलाई नचाउनुका साथै पेट मिचिमिची हसाएका थिए ।
लालिमाया तामाङ, बहादुरसिङ लामा, बिजय लोप्चन, छत्र लामा, रुद्र सिङ तामाङ कर्म नम्गेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संचालक सुक सगर तामाङ, सुनिता तामाङ र प्रमिला मोक्तानद्धारा संचालित उक्त कार्यक्रममा चिसो, काफी र खाप्सेको समेत ब्यवस्था रहेको थियो उक्त र्यक्रम मध्यान्ह १२ बजेदेखि बेलुकाको ७ बजे सम्म चलेको थियो ।

13499714_726020230874520_708134670_o 13548956_726020024207874_1097691458_o13499918_726019957541214_1938983672_o