आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

डक्टरले पशुपति शर्मालाई भने- गीत नगाउ

परदेशी खबर २७ जेष्ठ २०७३, बिहीबार १८:०० मा प्रकाशित ( ७ साल अघि) २६० पाठक संख्या

image

जुन ९, काठमाडौं। लोकगायक पशुपति शर्मालाई डक्टरले गीत नगाउन सुझाब दिएका छन् । घाँटीमा समस्या भएपछि डक्टरकोकहाँ पुगेका पशुपतिलाई डक्टरले घाँटीमा घाउ भएको भन्दै नगाउन सुझाव दिएका छन्।

‘एक हप्ता पुरै बोल्न बन्द गर भनेका थिए’ शर्माले दुखेसो पोखे- यसै बस्न कहाँ सक्नु ? मैले त बिरामीकै बेला तीनवटा गीत गाइदिएँ । ‘

डा. खराकेश श्रीवास्तवलाई चेकजाँच गराएका पशुपतिको घाँटीको इन्डोस्कपी गरेर हेर्दा रातो दाग देखिएको छ । धेरै गीत गाएकाले घाँटी रातो भएको भन्दै डक्टरले तत्काल थेरापी गर्न सुझाव दिएका छन् ।

यसपाली १२ वटा तीजका गीत गाउनैपर्ने भएकाले गीत गाइसकेपछि मात्रै थेरापी गराउने योजनामा छन् उनी । ‘तत्काल रेष्ट त सम्भवै छैन, गीत गाउँछु भनेर बचन दिइसकेको छु ।’ उनले भने ‘असारतिर थेरापी गर्नुपर्ला’ ।

उनलाई गत वर्ष पनि यस्तै समस्या भएको थियो । सामान्य होला भनेर टारेको भए पनि फेरि समस्या देखियो । स्वास्थ्यप्रति निकै सजग पशुपति चिल्लो पिरो कहिल्यै खाँदैनन् । उनी हाँस्दै भन्छन् ‘म धेरै मुख बार्छु, त्यही भएर पनि यस्तो समस्या आएको हो कि जस्तो लाग्छ ।’

यो वर्ष १२ वटा तीज गीत गाउने योजनामा रहेका पशुपतिको नौवटा गीत रेकर्ड हुनै बाँकी छन् । असार महिनाभरिमा रेकर्डिङ सक्ने उनको योजना छ । आफ्नो गीतमा आफैं मोडलिङ गर्दै आएका पशुपतिले पछिल्लो समय चलचित्रका गीतमा समेत स्वर दिएका छन् । उनको स्वर रहेको चलचित्र ‘ब्रासलेट’को गीत अहिले चर्चामा छ ।
साभार: अनलाईन खबर