आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

गणतन्त्र दिवस विशेष मुक्तकहरु

परदेशी खबर १५ जेष्ठ २०७३, शनिबार २०:४२ मा प्रकाशित ( ७ साल अघि) ४६३ पाठक संख्या

image

गणतन्त्र  दिवस  भन्छन् राजतन्त्र अझै देख्छु।
खै कता छ गणतन्त्र सरकार बादी झनै देख्छु।
के गर्छ यो दिवसले नेपाली लाई रोजगार चाहियो
दिवस भन्दै देश बिदेशमा कराएको मात्रै देख्छु।।

बिन्दा लामा”तृष्णा”
तिनकन्या सिन्धुली
हाल टर्की

image

हुने खाने हरु गणतन्त्र दिवस मनाउछन
दिन दुखी भने पसिनाको धारा बगाउछन
प्रजातन्त्र लोकतन्त्र हुँदै आयो रे गणतन्त्र
जनता बाँच्छन पिडामा नेता भने रमाउछन

आकाश शेर्पा”यात्री”
सिद्धिचरण ३, ओखलढुंगा
हाल कुवेत

image

हुने खानेहरुको लागि उपहार भयो गणतन्त्र।
गरिव जनतालाइ न वार न पार भयो गणतन्त्र।
न बल्छ बत्ति सहरमा न चल्छ गाडि सडकमा।
भ्रष्ट नेताहरु बाट नै बलत्कार भयो गणतन्त्र।

जगत खड्का “आँधि”
दोलखा जिल्ला

image

गणतन्त्र दिवस भन्छन् त्यस्ले के दिएको थियो !
मात्रै हजारौंको हत्या गरेर खुन पिएको थियो !!
अनगिन्ती थिए विदुवा र मारिएका शहिद हरु !
बिकासको नाममा निर्दोषको वलि लिएको थियो !!

ओमकुमारी खाँड” बुलबुल ”
पाल्पा नेपाल हाल युएई

image

आज देशाँ गणतन्त्र भन्दै सागर उर्लिएको  छ
नेताका झोले, जिन्दावाद भन्दै कुर्लीएको छ 
तिमी हामी सोझा सिधालाई त के तन्त्र मन्त्र
दिनानुदिन गरिवका पीडा झन चुलिएको छ

बिनोद सेन” पाल्पाली”
पाल्पा नेपाल हाल दुबई

image

फेरि आयो गणतन्त्र नयाँ आशा बोकेर
समावेशी जनजाति विविध भाषा बोकेर
सब प्राङ्गणमा हर्षको दियो यहाँ जलाइ
आयो गणतन्त्र फेरि नयाँ  चासा  बोकेर

सरु बस्नेत
निजगढ बारा नेपाल

image

कुनै पार्टीका झण्डा बाेकेर गणतन्त्र आउदैन
अनि सडकमा छाति ठाेकेर गणतन्त्र आउदैन
म अझै पनि सम्झाउदै छु नेता ज्यु सुन्नुस
खालि फुस्रा भाषण खाेकेर गणतन्त्र आउदैन

केएन बस्याल
बुटवल नेपाल

image

सोझा निमुखालाई पाखा लगाउदै जाउ तिमी |
सक्छौ भने अझै निरंकुश जगाउदै जाउ तिमी ||
तिमी त ठुलो मान्छे जे गर्दा नि राम्रै हुन्छ ,
नहिच्किचाई रगतको खोला बगाउदै जाउ तिमी ||

संगीता खत्री
बेशिसहर लमजुङ
नेपाल

image

गणतन्त्र आयो त आउनेलाइ आको छ !
आ आफ्नो  गुट  बनाउनेलाइ आको छ !!
साँच्चै  भनौ अझै  यता सुन्नुस न हजुर !
आफ्नै जीवन मात्र सजाउनेलाइ आको छ !!

लोकेन चन्द्र पुन
खलंगा जाजरकोट नेपाल

image

कहिँ हत्या कहिँ बलत्कार हाम्रो गणतन्त्रमा
भाइ भाइ माथी काटमार हाम्रो गणतन्त्रमा
सिकाएनौं नयाँ नेपाल अर्थी बुद्धि गतिला
सुनायौ दु:खद सामाचार हाम्रो गणतन्त्रमा

शिव राज बिसि यकलयात्री
सुर्खेत नेपाल हाल कुवेत

image

गणतन्त्रको नाममा अंतक फैलायो देशमा
यस्ता अपराधीलाई मन्त्रि बनायो देशमा
हलाका अनो छोप्ने औकात छैन नेताको
हदै नारीको हक अधिकार लुटायो देशमा

प्रेम खड्का
मलागिरी गुल्मी
हाल भारत

image

गणतन्त्रको नारा  लगाइ हेर्नुस देशमा
मनाइन्छन् हर्ष बडाइँले आफ्नै भेषमा
गर्न चै केनै सक्दैनन् देशमा नेताहरुले
गर्छन् है ठुला ठुला भाषण आवेशमा।

           सुजन क्षितिज राई
                     ईलाम