आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

मलेशियामा अलपत्र परेका ६ नेपालीको उद्दार        

परदेशी खबर ३१ बैशाख २०७३, शुक्रबार १३:५७ मा प्रकाशित ( ७ साल अघि) ५६५ पाठक संख्या

image

३१ वैशाख, काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेशिया पुगेर दु:ख पाएका छ नेपालीको उद्दार भएको छ ।

उद्दार हुनेमा रौतहटका निल बहादुर राई, पाँचथरका बुद्धवीर तामाङ, यमबहादुर वली, ओखलढुङ्गाका अनुप दाहाल, भक्तपुरका विनोद तामाङ र दोलखाका नरसङ तामाङ छन् ।

उनीहरू गत वर्ष असारमा मलेशिया स्थित हाइटमार्क कम्पनीमा क्लिनरको काममा गएका थिए ।

तर, अन्य कम्पनीमा काम लगाई दु:ख पाएको उनीहरू अध्यागमन कार्यालयबाट समेत पक्राउ परी करीब १ महिनादेखि थुनामा परे ।

नेपालीहरू अलपत्र परेको भन्दै नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको हटलाईन ११७७ मा गत चैतमा खबर भएको थियो ।

महाशाखाको विशेष पहलमा मलेशिया स्थित नेपाली दूतावास तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी उनीहरूको उद्दार भएको छ ।

  अन्लाईनखबर