आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024
FLASH NEWS

किराँत छुलाखोछावा फाउन्डेशनको पहलमा सहयोग हस्तान्तरण गरियो !

परदेशी खबर २९ बैशाख २०७३, बुधबार ०९:४१ मा प्रकाशित ( ७ साल अघि) २८६ पाठक संख्या

image

परदेशी खबर
मे ११,  ।  विदेशमा रहनुहुने दयालु सहयोगी मनहरूबाट नेपालका रेबेका राई र धादिङको अपांग केदार भट्ट परिवारलाई आर्थिक सहयोग गरेको छ ।

किरात छुलाखोछावा फाउण्डेशनले पनि आफ्नो माताहतमा रहेका सदस्यहरूबाट केहि स्वेच्छिक रकम संकलन गरेर फाउण्डेशनले पुलको काम गर्दै संयुक्त रूपमा हस्तान्तरण कार्यक्रम गर्ने योजना अनुसार केहि शुभचिन्तकहरू उपस्थित भई कार्य सम्पन्न गरिएको छ ।

स्थापनाकालको केहि समय नबित्दै किराँत छुलाखोछावा फाउन्डेसन नेपालको पहलमा धादिङ कल्लेरिका केदार भट्टको स-परिवार तथा ट्यूमर पीडित रेबेका राईलाई सामूहिक रूपमा आर्थिक सहयोग हस्तान्तरण भएको छ । स-परिवारमै स्वास्थ्य समस्या भोगिरहेका भट्ट परिवारलाई किराँत छुलाखोछावा फाउन्डेसन नेपालको पहलमा अमेरिका निवासी ङवाङ् शेर्पा-१०६००/-, दाकु शेर्पा-५३००/-, आङदामु शेर्पा-५०००/-, फाउन्डेसनको तर्फबाट-५०००/- गरि जम्मा २५,९००/- रूपैया र मुखमा ट्युमर पिडित रेबेका राईको लागि सहयोग स्वारूप फाउन्डेसनको तर्फबाट-१००००/-  र हाल क्यालिफोर्निया निवासी आङदामु शेर्पाबाट- १००००/- गरि जम्मा-२०,०००/- किरकिराँत  छुलाखोछावा फाउन्डेसन नेपालको पहलमा संयुक्त रूपमा हस्तान्तरण सम्पन्न भयो ।

फाउण्डेशनको तर्फबाट स्वेच्छिक व्यक्तिगत सहयेगीहरू अर्जुन राई, दिपक राई, दुशन राई, राज कुमार राई, शिबराज राई, राजु के राई र दईन्द्र राई रहनु भएको थियो । यसै सन्दर्भमा ABC T.V. का ईन्द्रेणी कार्यक्रम सन्चालक श्री कृष्ण कँडेलले अपांग केदार भट्टको परिवारसँग सम्पर्क गरि सहयोग गर्नु भएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दै वहाँलाई नै भट्ट परिवारको रकम जिम्मा दिईएको र रेबेका राई उपचारार्थ भारत जानुभएकोले वहाँको पापालाई रकम हस्तान्तरण गरियो । यसैगरि कार्यक्रममा उपस्थित संगीता राई, निमा राई, मोहन राई, रबिन राई सबैलाई कार्य सफलता गरेकोमा हार्दिक धन्यवाद भन्दै आगामी दिनमा हामी सबै क्षेत्रका  सहयोगी दयालु मनहरूहरूलाई अरू हौसला मिल्ने कुरामा विश्वास रहेको कुरा फाउण्डेशनको तर्फबाट दईन्द्र उर्फ (Bee) राईले  बताए ।