आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024
FLASH NEWS

कास्की आदर्श सेवा समाज, युएईको दोस्रो साधारणसभा तथा महाधिवेसन सम्पन्न।

परदेशी खबर २६ बैशाख २०७३, आईतवार १८:०१ मा प्रकाशित ( ७ साल अघि) २३५ पाठक संख्या

image

केदार कुँवर
मे ८, युएई । कास्की आदर्श सेवा समाज, युएईको दोश्रो साधारण सभा तथा महाधिवेसन सम्पन्न भएको छ । शुक्रवार

यूनाईटेड अरब इमिरेट्सको, दुबई, बरदुबई स्थित सिन्ध पंजाब रेष्टुरेन्टको सभाहलमा नेपाली राजदुतावास, अबुधाबीकी दित्तिय सचिव श्रीमती विष्णु कुमारी अधिकारीको प्रमुख आतिथ्यता सम्पन्न उक्त कार्यक्रममा नेपाली समाज युएईका भुपु अध्यक्ष, एवं संस्थाका संरक्षक तथा वरिष्ठ समाजसेवी कृष्ण बहादुर ढकाल, नेपाली समाज युएईका निवर्तमान अध्यक्ष ज्ञानेन्द्र बहादुर कार्की, नेपाली समाज युएईका प्रबक्ता दिकादत्त शिवा, एन आर एन आईसिसी युएईका सदस्य गोपाल कँडेल, एन आर एन युएईका उपाध्यक्ष रमेश श्रेष्ठ, एन आर एन युएईका प्रतिनीधी भुपति न्यौपाने, स्याङ्जा सेवा समाज युएईका अध्यक्ष कृष्ण न्यौपाने, गोरखा सेवा समाज युएईका अध्यक्ष बिनोद श्रेष्ठ, बाग्लुङ सेवा समाज युएईका प्रतिनीधी पुर्ण साप्कोटा, अर्घाखाँची सेवा समाज युएई, दुबइ क्षेत्रिय अध्यक्ष राम प्रसाद अधिकारी, दाङ देउखुरि सेवा समाज युएईका प्रतिनीधी नारायण आचार्य, विश्व सहयोग संघ युएइउका अध्यक्ष गोविन्द ढकाल, नेपाली एकता समाजकी प्रतिनिधी विपीका पोख्रेल, तमु प्लेहु संघका अध्यक्ष मुक्ति तमु, समाजसेवी तथा व्यवसायी मधु कुमार आले, संस्थाका सल्लाहकार सदस्य रतन थापा लगायत कास्की जिल्ला घर भर्इ यूएईमा कार्यरत कलाकार श्रीमती सावित्री गिरीको आतिथ्यतामा सम्पन्न उक्त समारोहमा समाजका पदाधिकारी, क्षेत्रिय समितीका अध्यक्ष, सदस्यहरू लगायत कास्केली तथा गैर कास्केलीहरूको व्यापक उपस्थिती रहेको थियो ।

image

प्रमुख अतिथी तथा अतिथीहरुबाट दिप प्रज्वलन तथा समाजको ब्यानर अनावरण गरि बिधीबत रूपमा कार्यक्रमको उद्घाटन गरिएपछि आयोजकको तर्फबाट समाजका महासचिव मनोज कुमार सैंजुले स्वागत तथा शुभकामना मन्तव्य राख्नुभएको थियो । समाजका उपाध्यक्ष पसबहादुर गुरूङको सभापतित्वमा सम्पन्न समारोहको कार्यक्रम संचालन सचिव केदार कुँवरले गर्नु भएको थियो भने साथ समाजको स्थापना बारेमा प्रकाश पार्नु भएको थियो ।

उक्त कार्यक्रममा नेपाली समाजका निवर्तमान अध्यक्ष तथा समाजका सल्लाहकार संयोजक ज्ञानेन्द्र बहादुर कार्कीले कास्की जिल्लाबाट कामको सिलसिलामा युएईमा छरिएर रहेका कास्केलीहरूलाई एउटै छाता मुनि संगठित रहनु पर्ने अवस्थाको महसुस गरि स्थापित यस समाजको स्थापनाको क्षण ताजा रहेको जिकीर गर्दै समाजले यस दुइ वर्षे अवधीमा क्रियाशिल रहि आफुलाई एक स्थापीत सामाजिक संस्थाको रूपमा परिचीत बनाउन सफल रहेको कुराको व्याख्या गर्दै संस्थाका पदाधिकारीहरूको प्रशंशा गर्दै, उपस्थित समस्त कास्केलीलाई संस्थामा सरिक हुन आग्रह गर्नुभएको थियो । 

image

उक्त कार्यक्रममा मन्तव्य दिने क्रममा अतिथीहरू एन आर एन युएईका प्रतिनीधी भुपति न्यौपाने, नेपाली समाज युएईका प्रबक्ता दिकादत्त शिवा, समाजसेवि मधु कुमार आले, सल्लाहकार सदस्य रतन थापा, कलाकार श्रीमती सावित्री गिरीकोले समाजले छोटो अवधीमा कृयाशिल रहि आफुलाई एक स्थापीत सामाजिक संस्थाको रूपमा परिचीत बनाउन सफल रहेको कुराको व्याख्या गर्दै आ–आफ्नो संस्थाले हर सामाजिक कृयाकलापमा  हातेमालो गर्दै साथ दिने कुराहरू अभिव्यक्त गर्दै दोश्रो साधारण सभा तथा महाधिवेसनको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा समाजका महासचिव मनोज कुमार सैंजुले समाजको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष पुष्पराज अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

सोही कार्यक्रममा प्रमुख अतिथी कास्की जिल्ला ढिकुरपोखरी गाविस वडा नं ३ जन्म घर रहेकी कास्केली चेलि श्री विष्णुकुमारी अधिकारीलाइ निजामति सेवामा प्रवेश सँगै युएइमा प्रवेश गरि कास्की बासीहरूको नाम रोसन गर्न सफल रहेकोमा समाजको तर्फबाट संरक्षक कृष्ण बहादुर ढकालले दोसल्ला ओढाएर तथा सभापति पसबहादुर गुरूङले सम्मान पत्र हस्तान्तरण एवं सल्लाहकार सदस्य रतन थापाले खादाले सम्मान गर्नुभएको थियो। त्यसै गरि उक्त समारोहमा झापा जिल्ला मेचिनगर स्थायी घर भएकी हाल युएइको अबुधावी स्थित ट्रान्सपोर्टिङ कंपनिमा ड्राइभिङ पेशामा संलग्न रहेकी करूणा अधिकारी (राइ) लाइ साहासिक महिलाको उपमा दिदै दोसल्ला तथा सम्मान पत्रले सम्मान गरिएको थियो भने समाजको सामाजिक कार्यमा सहकार्य गर्दै सहयोग गरेका सामाजिक सँस्थाहरू नेपाली समाज युएई, तमु प्ये ल्हु संघ युएई, नेपाली कलाकार समुह युएई तथा सयपत्री रेष्टुरेन्ट अलकुजलाइ कदर पत्रले कदर गरिनुका साथै समाजका सक्रिय सदस्यहरू सुरेन्द्र जि.शी तथा श्याम प्रसाद भण्डारीलाइ प्रशंशा पत्र प्रदान गरीयो भने संस्थाका आजिवन सदस्य प्राप्त गर्न सफल सदस्यहरूलाइ सदस्यता प्रमाण पत्र पनि प्रदान गरियको थियो ।

सम्मानित व्यक्तित्व तथा प्रमुख अतिथी अधिकारीले आफुलारलिइ सम्मान प्रदान गरि यस कर्मभुमिमा माइतीको याद ताजा गराइ आफ्नो काम तथा कर्तव्यपथमा लम्किन थप उर्जा मिलेको कुरा व्यक्त गर्दै समाजको सम्मान प्रति आफु ऋणि रहेको बताए । त्यस्तै शुभकामना मन्तव्यका क्रममा संरक्षक ढकालले कार्य समितीको काम प्रति खुलेर प्रशंशा गर्नुका साथै यसै गरि सामाजिक कृयाकलापलाई तिव्रता प्रदान गर्नको लागी आफु सदा सर्वदा तयार रहेको कुरा व्यक्त गर्दै समाजको स्थापनाका उदेश्यहरू तथा भावी कार्ययोजनाहरूको मनन गरि हातेमालो गरि अगाडी बढ्न सुझाब दिदै, उपस्थीत कास्केलीहरूमाझ संस्थाको महत्व र आवश्यकता बारेमा प्रष्ट पार्नु भएको थियो भने समाजको कार्य समितीले पारित गरेको संसोधित बिधानका बुँदाहरूका बारेमा पनि जानकारी दिनुभयको थियो ।

पहिलो सत्रको अन्त्य गर्दै कार्यक्रमका सभापति तथा उपाध्यक्ष पसबहादुर गुरूङले आफ्नो व्यस्तताको बाबजुद पनि समाजमा तल्लीन रहि साथ दिएकोमा कार्य समितीका पदाधिकारी तथा सदस्यहरूलार्इ धन्यवाद ज्ञापन गर्दै उपस्थीत कास्केलीहरूलाई संस्थामा समाहित हुन आग्रह हुन अपिल गर्दै प्रथम सत्र समाप्त भएको घोषणा गरि दोस्रो सत्र संचालनका लागी निर्वाचन समिती संयोजक संरक्षक कृष्णबहादुर ढकाललाई कार्यक्रम हस्तारन्तरण गर्नुभएको थियो ।

दोस्रो चरणमा उपस्थित कास्केलीहरुले कार्य समितीले गरेका सम्पुर्ण काम हरू अनुमोदनका साथ पारित गरि आगामी दुई वर्षका लागी श्री मनोजकुमार सैंजुको अध्यक्षतामा नै तेह्र लसदस्यीय कार्यसमिती सर्वसम्मतीले चयन गरेको छ, जसको उपाध्यक्षहरूमा श्री राजेश श्रेष्ठ र सुरेन्द्र जि.शी, महासचिवमा निवर्तमान सचिव श्री केदार कुँवर, कोषाध्यक्षमा पुन श्री पुष्पराज अधिकारी तथा सचिव श्री विकास अधिकारी, केन्द्रिय सदस्यहरूमा क्रमश श्री मनोज गुरूङ, श्री बलराम अधिकारी, श्री नेत्र बहादुर नेपाली,  श्री गोविन्द भण्डारी सुश्रि अस्मिता थापा, श्री श्याम प्रसाद भण्डारी तथा श्री लालसुब्बा गुरूङलाई चयन गर्‍यो  भने बाँकी दुइ केन्द्रिय सदस्य तथा सल्लाहकार समिती नव निर्वाचित कार्यसमितीको बैठकले चयन गर्ने जानकारी प्राप्त हुनका साथै कास्की आदर्श सेवा समाज अन्तराष्ट्रिय समन्वय समितीमा सँस्थाका निवर्तमान अध्यक्ष गुप्त शेखर पौडेल तथा निवर्तमान उपाध्यक्ष पसबहादुर गुरूङलाइ प्रतिनीधीका रूपमा तथा सल्लाहकार सदस्य रतन थापालाइ मध्यपुर्व संयोजकका रूपमा चयन पनि गरेको छ ।

दोस्रो चरणमा उपस्थित अतिथीहरू क्रमश गोपाल कँडेल, ऐकेन्द्र ब. थापा, रमेश श्रेष्ठ, बिपीका साप्कोटा तथा प्रमुख अतिथी अधिकारीले नवनिर्वाचित समितीलाई शुभकामना तथा बधाई दिनु हुदै निवर्तमान अध्यक्ष गुप्त शेखर पौडेल तथा टिमले गरेको उल्लेखनिय कार्यहरूको कदर गरि संस्थाको गरिमा बढाउन सफल रहेको कुरा ब्यक्त गर्दे नवनिर्वाचित टिमले यसै गरिमा अरू इट्टा थप्ने कुराको बिश्वास प्रकट गर्नु भयको थियो । त्यस्तै दोस्रो चरणको अन्त्यमा निर्वाचन समितीका संयोजक ढकालले नवनिर्वाचित कार्यसमितीलाइ कार्यसफलताको लागी अग्रिम शुभकामना व्यक्त गर्दै निवर्तमान अध्यक्ष गुप्त शेखर पौडेल तथा टिमले गरेको उपलब्धीहरूको प्रशंशा गरि उक्त कार्यकाल अत्यन्त सफल रहेको कुरा व्यक्त गर्दै समारोह सफल तुल्याउनका लागि योगदान दिनुहुने समस्त महानुभावहरू तथा उपस्थित अतिथीगण, प्रमुख अतिथी तथा उपस्थीत सबैलार्इ हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दै कार्यक्रम समाप्त भएको घोषणा गर्नुभएको थियो ।