घेदुङ बहुउद्देश्यीय सहकारी संस्था उद्घाटन समारोह सम्पन्न  

युग लामा/ १४ अक्टोबर, काठमाण्डौ। काठमाण्डको बौद्ध स्थित ‘तामाङला न्होर, तामाङ दन’ तामाङको बचत तामाङकै लागि भन्ने मुल नाराका साथ घेदुङ बहुउद्देश्यीय सहकारी संस्था हिजो अक्टोबर १३ का दिन उद्घाटन गरिएको छ । सहकारी कानूनी न्याय तथा संसदिय मामिला राज्यमन्त्री दिलमान पाख्रिनले रिबन काटेर उद्घाटन गर्नु भएको छ l

७ काठ्मान्डौमा अवस्थित घेदुङ बहुउद्देश्यीय सहकारीको सञ्चालक समितिमा नेपाल तामाङ घेदुङका कार्य समिति रहने घेदुङका अध्यक्ष मोहन गोलेले जानकारी दिएका छन् l कार्यसमिती बोर्डको अध्यक्ष मोहन गोले रहेका छन भने कार्यकारी निर्देशक कुयाङ घिसिङ रहेका छन् । उद्घाटन पछी मन्तब्य राख्ने क्रममा राज्यमन्त्री पाख्रिनले सामाजिक क्रान्तिसंगै आर्थिक क्रान्ति पनि उतिकै आवश्यक रहेको र त्यो क्रान्ति आज बाट सुरु भएको बताउनु भयो । नेपाल तामाङ घेदुङका अध्यक्ष गोलेले  सहकारी संस्थाले सम्पूर्ण तामाङलाई एक बनाउन सहयोग गर्ने र तामाङ समुदायको आर्थिक स्थिती माथि उकास्ने बताउनु भयो । काठमाण्डौ वरिपरि रहेका तामाङहरुको आर्थिक स्थिती कर्णालीमा रहेका जनताको भन्दा कम रहेकामा यस बिषयमा आफु धेरै पटक घोरिएको बताउनु भयो l १ साल भित्र घेदुङले आफ्नै साँस्कृतिक भवन निर्माण गर्ने पनि बताउनु भयो ।

कार्यक्रममा घेदुङका पूर्व अध्यक्ष कुमार योञ्जन तामाङ, अन्तराष्ट्रिय तामाङ परिषदका अध्यक्ष महेन्द्रजंग तामाङ, भाषविद् अमृत योञ्जन तामाङ, घेदुङका पूर्व महासचिव कुमार ब्लोन तामाङ लगायतले उपस्थिति जनाएका थिए । उक्त कार्यक्रमको सन्चालन बाबु घिसिङ्ले गरेका थिए भने घेदुङको अध्यक्ष मोहन गोलेको सभापतित्वमा सम्पन्न भएको थियो ।

 

इजरायल तामाङ घेदुङको आर्थिक सहयोग

उक्त कार्यक्रम्मा राज्यमन्त्री दिलमान पाख्रिन र घेदुङ अध्यक्ष मोहन गोले तामाङको हातबाट इजरायल तामाङ घेदुङ र मकाउ घेदुङको अध्यक्ष दोर्जे गोले तामांगले जनही ५/५ हजार रुपिया संकलन गरी पठाएको १ लाख ८ हजार १० रुपैयाँ रामेछापका मृगौला पीडित पबित्र तामाङलाई ४५ हजार र रसुवाका सोम बहादुर तामाङलाई ६३ हजार १० रुपैयाँ हस्तान्तरण गर्नु भयो l

 






Related Posts
  • चर्चित कलाकारहरु पशुपति शर्मा, प्रकाश कटुवाल, जानकी तारमी र ऋषि खड्का कुवेत आउने
  • कुवेत – काठमाण्डौं सिधा उडान डिसेम्बर ६ बाट हुने
  • सुदुरपश्चिम सेवा समाज कुवेतको प्रथम वार्षिकोत्सव फेब्रुवरी १६ मा
  • दिवंगत प्रकाश दाहाल प्रति हङकङमा श्रद्धाञ्जली सभा सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    चर्चित कलाकारहरु पशुपति शर्मा, प्रकाश कटुवाल, जानकी तारमी र ऋषि खड्का कुवेत आउने

    कुवेत – काठमाण्डौं सिधा उडान डिसेम्बर ६ बाट हुने

    “मृत्यु”  मन्जु मोक्तानको कबिता

    बिजनेष

    ओबीओआरको प्रगतिः सुस्त नेपाल, तीब्र चीन !

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस