थाक्थाकु माबोहाङ चेम्जोङ बंश उत्थान संघ कुवेतद्वारा बाढी पिडितहरुलाई राहत वितरण

नैनकला राई/ अक्टोबर १३, कुवेतl थाक्थाकु माबोहाङ चेम्जोङ बंश उत्थान संघ कुवेतद्वारा मोरङ केराबारी ७ का बाढी पहिरो पिडित र बिपन्न परिवारलाइ राहत वितरण गरेको छ l

बढी पीडितमा परेका ३० घर क,ख,र ग श्रेणीका परिवारलाई वडा ७ केराबारी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि गत १० अक्टोबर २०१७ मा राहत प्रदान गरिएको संस्थाका अध्यक्ष दुर्गा चेम्जोङले परदेशी खबरलाई जानकारी दिएका छन् l केराबारीका वडा अध्यक्ष नारायण चेम्जोङको रोहवरमा बाढी पिडित एवं बिपन्न ४ परिवारलाई पनि राहत बितरण गरिएको थियो l कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शान्ति लिम्बु (भुजेल) थाकथाकु माबोहाङ चेम्जोङ बंश केराबारी गाउँपालिका अध्यक्ष देविरत्न लिम्बू, युवा नेता किशोर राई, समाज सेवी लाबाहाङ चेम्जोङ, प्रहरी प्रशासन मिडिया कर्मी र भिविन्न राजनीतिक पार्टीका प्रतिनिधि, गाउँ समाजका समाज सेवी बुद्धिजीवी एवं स्थानीयबासीको उपस्थितिमा राहत बितरण गरिएको थियो l

संस्थाका अध्यक्ष चेम्जोङ्गको नेतृत्वमा संकलित ८३ केडि ५०० फिल्स, यस्तै पुर्ण प्रसाद चेम्जोङको  नेतृत्वमा संकलित ११० ककेडी, देवि चेम्जोङको नेतृत्वमा संकलित १२१ केडी, जितेन चेम्जोङको नेतृत्वमा संकलित ४६ केडि २५० फिल्स, लिला चेम्जोङको नेतृत्वमा संकलित ७८ केडि ५०० फिल्स, बिद्या चेम्जोङको नेतृत्वमा संकलित ८० केडि ५०० फिल्स, नरेश चेम्जोङको नेतृत्वमा संकलित ४९ केडि, सुरेन्द्र चेम्जोङ बाट प्राप्त १५ केडि, सिरु चेम्जोङ बाट प्राप्त १० केडि, गरी बिरेन्द्र चेम्जोङ बाट प्राप्त ६ केडि, रुपा राईको नेतृत्वमा संकलित ५६ केडि र प्रेमा राई थुलुङ्गको नेतृत्वमा संकलित २४ केडि ८५० फिल्स गरेर जम्मा ६८० केडि ६०० फिल्स अर्थात नेपाली रुपैँया २,३४,४८२ दुई लाख चौतिस हजार आठ सय बयासी रुपैँयाले बाढी पिडित ३0 घर र ४ घर बिपन्न परिवारलाई राहत प्रदान गरिएको हो।

संस्थाका सचिव सुरेन्द्र चेम्जोङको एक अनुगमन टोलिले मुगु बाढी पिडितहरुको गाउ घरहरु अनुगमन गरी (क) श्रेणीका ११ घर परिवारलाई प्रतिपरिवार २ वटा गाग्री एउटा ब्ल्यांकेट सहित नगद ६ हजारको दरले प्रदान गरिएको छ ! ११ घर परिवार मध्ये २ जना जित बहादुर विक र रण बहादुर विकलाई टिन जस्ता पाता दुइ दुइ बन्डेलको दरले वितरण गरिएको छ । यसै गरि (ख) श्रेणीका १५ घर परिवारलाई प्रतिपरिवार २ वटा गाग्री १ वाटा ब्ल्यांकेट र नगद दुई हजार दुईसयको दरले प्रदान गरिएको छ l यस्तै आर्थिक रुपले अतिनै बिपन्न (ग) श्रेणीका ४ घर परिवारलाइ अत्यावश्यक ब्ल्यांकेट, तन्ना र सिरानी सहित प्रत्येक परिवारलाई नगद ७ हजार तीन सय ७५ रुपैयाँको दरले प्रदान गरिएको छ l

कार्यक्रमको अन्त्यमा गाउँपालिका उपाध्यक्ष शान्ति लिम्बु, नारायण लिम्बु, देवी लिम्बु र केराबारी ७ का युवा नेता किशोर राई लगायतले वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका नेपालीहरुले आफ्नो गाउँ ठाउँमा प्रतिकृतिक प्रकोपमा परि अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गरेकमा सम्पूर्ण थाक्थाकु माबोहाङ चेम्जोङ उथान संघ, कुवेत परिवार लगाएत राहत संकलन अभियानमा सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी दाताहरु एवं राहत संकलन अभियानमा साथ दिनु हुने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका छन् l साथै राहत वितरणमा मुख्य भूमिका खेल्नुहुने बिमल चेम्जोङ, सागर सरगम चेम्जोङ, कबिन्द्र मिभक,मदन चेम्जोङ, कपिल मिभक, निर्मला राई चेम्जोङलाई थाक्थाकु माबोहाङ चेम्जोङ उथान संघ कुवेतका अध्यक्ष चेम्जोङले सबैलाई हृदय देखिनै धन्यवाद प्रकट गरेका छन् l

 






Related Posts
  • चर्चित कलाकारहरु पशुपति शर्मा, प्रकाश कटुवाल, जानकी तारमी र ऋषि खड्का कुवेत आउने
  • कुवेत – काठमाण्डौं सिधा उडान डिसेम्बर ६ बाट हुने
  • सुदुरपश्चिम सेवा समाज कुवेतको प्रथम वार्षिकोत्सव फेब्रुवरी १६ मा
  • दिवंगत प्रकाश दाहाल प्रति हङकङमा श्रद्धाञ्जली सभा सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    चर्चित कलाकारहरु पशुपति शर्मा, प्रकाश कटुवाल, जानकी तारमी र ऋषि खड्का कुवेत आउने

    कुवेत – काठमाण्डौं सिधा उडान डिसेम्बर ६ बाट हुने

    “मृत्यु”  मन्जु मोक्तानको कबिता

    बिजनेष

    ओबीओआरको प्रगतिः सुस्त नेपाल, तीब्र चीन !

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस