समय र परिस्थितिलाई ख्यालमा राखेर माओवादी केन्द्र भत्काउन लागिएको छ: प्रचण्ड


अक्टोबर, ११, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले विगतमा विभिन्न पार्टी भत्काएर नयाँ पार्टी बनाएको र अहिले पनि समय र परिस्थितिलाई ख्यालमा राखेर माओवादी केन्द्र भत्काउन लागेको बताएका छन् ।

बुधबार राजधानीमा आयोजित माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी  संयुक्त बीचको पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विगतमा आफूले विभिन्न पार्टीहरु भत्काएको र अहिले पनि माओवादी केन्द्र भत्काएर एमाले र नयाँ शक्तिसँग नयाँ पार्टी बनाउन लागेको बताए । उनले भने, “मैले अहिले नयाँ कम्युनिष्ट पार्टी बनाउन खोजेको छु, जसको लागि माओवादी केन्द्र भत्काउँदै छु, विगतमा पनि मैले मशाल, एकता केन्द्र माओवादी, एमाओवादी भत्काएँ, यो देशको आवश्यकता हो ।”

उनले माओवादी केन्द्र भत्काएर २१ औं शताब्दिमा समाजवादको नयाँ मोडल दिन लागेको दावी समेत गरे । उनले अगाडि भने, “विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक भइरहेको बेलामा नेपालका कम्युनिष्टहरु भने आक्रामक छन् । त्यसैले नेपालको कम्युनिष्ट आन्दोलनलाई एउटा नयाँ दिशा दिन लागिरहेको छु ।”

अध्यक्ष प्रचण्डले आफू देश र परिस्थितिअनुसार परिवर्तन भएको तर आफूलाई राजनीति सिकाउने गुरु भने परिवर्तन हुन नसकेको जिकिर पनि गरे । उनले आफ्ना राजनीतिक गुरु मोहनविक्रम सिंहलाई व्यङ्य गर्दै भने, “अहिले पनि मेरा राजनीतिक गुरु बौद्ध भिक्षुले झैं घन्टी बजाइरहनुभएको छ । उहाँको त्यो घन्टी बजाईले समाजमा न हुनै परिवर्तन आयो न तरंग नै ।  केही साथीहरु छन्,  ती साथीहरु भक्तपुरमा रमाइरहेका छन्, भक्तपुरबाट बाहिर हेर्न नै चाहँदैनन् ।”

पार्टी एकीकरणसँगै माओवादी केन्द्रमा तीन जना सांसद् थपिएका छन् । कार्यक्रममा मालेलगायतका विभिन्न पार्टी परित्याग गरी ७१ जना नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।साभार: बाह्रखरी ।






Related Posts
  • आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह
  • बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक
  • राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी
  • एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित
  • पछिल्ला सम्प्रेसणहरु

    आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह

    बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक

    राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी

    बिजनेष

    कामदारको तलब नै नतोकी जोर्डनसँग श्रम सम्झौता गरिँदै

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस