नेपाल कुवेत साँस्कृतिक मञ्चले विद्यालयलाई आर्थिक सहयोग गर्यो

received_1291619327616816 

 

 

 

परदेशी खबर ११अक्टोबर,कुवेत। साउनको अन्तिम साता आएको बाढीको कारण प्रभावित वन्न पुगेको मोरङको सुन्दरहरैचा ४ मा रहको सिर्जनशिल आधारभुत प्राथमिक विद्यालयलाई नेपाल कुवेत साँस्कृतिक मञ्च कुवेतले नगद १ लाख २१ हजार नगद सहयोग गरेको हो ।

बाढीका कारण विद्यालय प्रभावित बन्न पुगेको समाचार प्रकाशित भएपछि वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा वस्दै आएका नेपालीहरुले रकम संकलन गरेको मञ्चका संरक्षक माधव शर्माले जानकारी दिए । उनले विद्यार्थीहरुको भबिस्यसँग  जोडिने विद्यायलयलाई सहयोग गर्न पाउदा खुशी लागेको समेत वताए ।

 

 

सुनसरी र मोरङको सिमामा रहेको वुढि खोलाको पुर्व तर्फको किनारामा रहेको विद्यालयमा साउन २७ गते राति आएको बाढिले क्षति पुर्रयाएको थियो । बाढीले विद्यालयको माइन्युट बाहेक सम्पुर्ण सामाग्रीहरुमा नोक्सानी पुरयाएको समयमा वैदेशीक रोजगारीमा रहेकाहरुले उपलव्ध गराएको राहत रकम सही ठाउँमा सदुपयोग गर्ने विद्यालय व्यवस्थापन समितीका अध्यक्ष उमेश वस्तीले वताए ।

received_1291618674283548

विद्यालयलाई नेपाल कुवेत साँस्कृतिक मञ्चका संरक्षक शर्मा प्रवक्ता प्रसाद तिमल्सीना ,धर्मराज राईले संयुक्त रुपमा विद्यालयका अध्यक्ष वस्ती तथा प्रधानाध्यपक चिन्तामणी ढकाल लाई नगद हस्तान्तरण गरेको मन्चका उपाध्यक्ष डोलराज न्यौपानेले  जानकारी दिएका छन ।

सो अवसरमा विद्यालयलाई सहयोग जुटाउन महत्वपुर्ण भुमिका खेल्ने पुर्व राष्ट्यि फुटवल खेलाडी सुरेन्द्र तामागं र स्थानीय खगेन्द्र ढकाल लगायतको उपस्थिती रहेको थियो। विद्यालयमा शिशु कक्षा देखि कक्षा ५ सम्म ७३ जना बालवालिकाहरु अध्ययनरत रहेको छन






Related Posts
  • आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह
  • बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक
  • राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी
  • एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित
  • पछिल्ला सम्प्रेसणहरु

    आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह

    बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक

    राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी

    बिजनेष

    कामदारको तलब नै नतोकी जोर्डनसँग श्रम सम्झौता गरिँदै

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस