गायक पवन थिङको फ्लाइ एल्बम सार्वजनिक

 

 

 

 

युग लामा / अक्टोबर ११, काठमाडौं । बुधवार काठमान्डौमा गायक पवन थिङको ‘फ्लाइ’ एल्बम एक भब्य समारोहमा विमोचन गरिएको छ । वरिष्ठ संगीतकर्मी प्रेमध्वज प्रधान, गायक राजु लामासहितका व्यक्तित्वहरुले उक्त एल्बम विमोचन गरेका हुन् ।

 

एल्बम विमोचन पछि शुभकामना मन्तब्य दिदै संगीतकर्मी प्रेमध्वज प्रधानले गायक थिङको गायन शैलीको प्रसंसा गरेका थिए । शास्त्रीय संगीतमा ललितकलाबाट स्नातक गरेका गरेका छ्न । थिङको उक्त एल्बममा पाँच गीतहरु समाबेश छन ।

एल्बममा सिमा पारि बोलको गीतको शब्द पवन आफैले कोरेका हुन । अरु बाकी गीतमा सुसन लामाको शब्द तथा संगीत रहेका छन । शुभकामना मन्तब्य राख्ने क्रममा गायक राजु लामाले पनि गायक थिङको गलाको खुलेर प्रसंसा गरे । समारोहमा गायक थिङले संगीतकार सुसन लामाको गिटारवादनमा एल्बमका ३ वटा गीतहरु प्रत्यक्ष गाएका थिए ।

समारोहमा विमोचित एल्बमको ‘सिमा पारी बोलको गीतको म्युजिक भिडियो प्रिमियर गरिएको थियो । पासाङ योञ्जनले उक्त भिडियो निर्देशन हुन् । उक्त भब्य समारोहमा गायक पवन थिङको वेब समेत सार्वजनिक गरेका थिए । उक्त वेब मार्फत गायक पवन थिङको सम्पूर्ण जानकारी समेत पाउने भएका छन । उक्त समारोहमा कलाकारिता क्षेत्रको विभिन्न ब्यक्तित्वहरु र पत्रकारहरुको बाक्लो उपस्थित रहेका थिए ।






Related Posts
  • आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह
  • बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक
  • राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी
  • एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित
  • पछिल्ला सम्प्रेसणहरु

    आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह

    बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक

    राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी

    बिजनेष

    कामदारको तलब नै नतोकी जोर्डनसँग श्रम सम्झौता गरिँदै

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस