जनजाती र कम्युनिष्ट ” आत्मा र शरीर जस्तै हुन।

युवक राई “ठिम्मुर”

 

 

 

धेरैले मलाई जनजातिको र कम्युनिष्टको अन्तरसम्बन्ध के हो ? भन्ने प्रश्न गर्दा , मैले प्रष्ट तार्किक तरिकाले भन्ने गरेको छु। यदि  कम्युनिष्ट आत्मा हो भने जनजाति शरीर । र , जनजाति आत्मा भए कम्युनिष्ट शरीर । यसमा कुनै दुबिधानै छैन। तर पनि स्पष्टता नहुनुको कारण  कम्युनिष्टको माथिल्लो सतहमा जनजातिको पहुँच वा उपस्थित बाक्लो हुन नसकेको मात्र हो। देशलाई एक अध्यारो युगबाट अग्रगामी छलाङ लगाउदै कायापलटनै हुने गरि सुनौलो युगमा प्रवेश गराउने दस बर्से जनयुद्धलाई सफल बनाउन देश , जनता र आफ्नो पहिचानको खातिर हासी हासी मर्ने जनजाति नै बढी थिए । जसको सफल प्रयोगले ( जनयुद्धले ) गर्दानै अहिलेका प्रत्येक प्रत्येक्ष परिवर्तनको लहरहरु देशमा देख्न सकिन्छ।

र अझ प्रष्ट भन्दा , नेपाल  कम्युनिष्ट बाहुल्यता भएको देश हो। अनि बाहुल्य कम्युनिष्ट भित्र जनजातिको बढी बाहुल्यता छ। मतलब प्रष्ट छ,  कम्युनिष्ट बाहुल्य देश हुनु जनजातिको ठुलो देन,तपस्या,योगदान छ । यस्तोमा कुनै पनि कम्युनिष्ट अगुवाइ गर्ने प्रमुखले जनजातिको मुद्दालाई पहिलो प्राथमिकताहरु भित्र नराख्ने हो भने।  कम्युनिष्टको आकार मात्रै हैन अस्तित्वनै धरापमा पर्ने निश्चित छ। र मलाई बिश्वास छ , जनजातीको मुद्दालाई बेवास्ता गर्ने आट वा त्यसको विपक्षमा गएर चुनौती लिन कोहि तयार हुन सक्दैन ।

तर , विडम्बना जनजाति नेताहरू अतितलाई बढी आधार बनाएर जनजातिको बर्तमान बनाउन बढी उत्तेजित छन र जनजाति युवालाई पनि उत्तेजित तरिकाले बढी प्रशिक्षन दिन्छ्न । यसको मतलब यो हैन कि अतितबाट शिक्षा नलिने । अतितका केहि मुख्य विषयलाई तर्क बनाउदै अब चाही हाम्रो भबिस्यलाई हेरेर बर्तमान बनाउने तिर जनजाति नेता अलि सक्रिय हुनु पर्ने हो । तब मात्र कम्युनिस्टको बागडोर जनजातिले समाल्दै कसैसँग हाम्रो पहिचान देउ भन्ने अवस्थामा हैन। जनजातिभित्र का जाती हरुलाई यो यो अधिकार तिम्रो अधिकार हो लिउ । भनेर भन्ने अवस्था हुन्थ्यो । तर नि अझै केहि बिग्रेको छैन । मात्र हामी जनजाति अलि चेतनाले रास्ट्रको भबिस्य सङै हाम्रो पहिचानको भबिस्य मेल गराउने भिजन बनाउने/बुझाउने र कार्यनयन गर्न सके। हाम्रो मुद्दा कसैले उठाउदा उठ्ने , नउठाए सुतिनै रहने हैन। म चाहान्छु , अब जनजाति भित्र यस्तो गहन/तार्किक र उपलब्धि मुलुक छलफल होस। जसले सबै जनजाति भित्रका बौद्धिक बर्ग , जुनसुकै पार्टीमा भएका जनजातिहरु , जनजाति युवाहरु सबैसबै लाइ समेट्दै अर्को जातिलाई नदुखाई सबै सङ हातेमालो/आफनत्त र नेपालित्तो को सहकार्य गर्दै आफ्नो हकअधिकार र पहिचानलाई सुनिस्चित गर्दै रास्ट्रको उज्ज्वल भबिस्य तिर अब लाग्नै पर्छ।

 

 

 

 

 

 

 

 

 

 

 

अक्टोबर,१० कुवेत






Related Posts
  • आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह
  • बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक
  • राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी
  • एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित
  • पछिल्ला सम्प्रेसणहरु

    आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह

    बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक

    राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी

    बिजनेष

    कामदारको तलब नै नतोकी जोर्डनसँग श्रम सम्झौता गरिँदै

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस