परिवारको उज्वल भविष्यको कल्पना गर्दै कुवेत हिंडेकी गीता कहाँ हराईन् ?

कोशराज राई/ अक्टोबर १०, कुवेत । रोजगारीको शिलशिलामा ८ वर्ष अगाडी कुवेत आएकी गीता श्रेष्ठ परिवारबाट सम्पर्क बिहीन भएको समाचार प्राप्त भएको छ । परिवारको उज्वल भविष्यको कल्पना गर्दै कुवेत हिंडेकी गीता कहाँ हराईन् ? आश्चर्यको बिषय बनेको छ ।

नेपाली राजदूतावासका कुवेतका प्रथम सचिव भोगेन्द्र लिङदेनका अनुसार शिवासताक्षी नगरपालिका- ७ (साविकको शिवगंज-५, लालपानी) झापा घर भएकी गीता श्रेष्ठ कुवेत आए लगत्तै परिवार देखि सम्पर्क बिहिन बनेकी हुन् |

वास्तविक नाम गीता श्रेष्ठ रहेको उनको बोलाउने नाम अप्सरा हो । उनी २०६७ असोजमा अरु कसैको पासपोर्टमा कुवेत आएको बुझिएको छ, प्रथम सचिव लिङ्देनले थप्नुभयो ।

यति लामो समय सम्म सम्पर्क बिहीन बनेपछी चिन्तामा डुबेका आफन्त खोजी गरीदिन अनुरोध गर्दै नेपाली राजदूतावास कुवेतको सम्पर्कमा आई गीताको पुरानो फोटो उपलब्ध गराएका छन् | परिवारले कुवेतमा क्रियाशील नेपाली संघ संस्था, पत्रकार तथा उनलाई चिन्नुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा उनको अवस्थाको बारेमा बुझेर परिवारलाई जानकारी गराई दिन दूतावास मार्फत अनुरोध पनि गरेका छन् | दूतावासले पनि उनको खोजी कार्यमा तिब्रता दिने प्रथम सचिव लिङ्देनले प्रतिवद्दता व्यक्त गर्नु भएको छ ।

केही दिन अगाडी मात्र पनि ४ वर्ष अगाडी कुवेत आई परिवारबाट सम्पर्क बिहीन बनेकी झापाकै शिवसताक्षी नगरपालिका (साविकको शिवगञ्ज गाविस ५ लालपानी) की २९ वर्षीया बहा मुर्मु बिरामी हालतमा दूतावास पुगेपछी उनको परिवार सम्म खबर पुगेको थियो । बहा मुर्मु हाल कुवेत सरकारको सेल्टरमा घर फिर्तिको प्रकृयामा रहेकी छिन् ।






Related Posts
  • आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह
  • बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक
  • राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी
  • एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित
  • पछिल्ला सम्प्रेसणहरु

    आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह

    बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक

    राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी

    बिजनेष

    कामदारको तलब नै नतोकी जोर्डनसँग श्रम सम्झौता गरिँदै

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस