आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

नेपाल तामाङ घेदुङ कुवेतको आयोजना एवम आदिवासी जनजाती महासंघ कुवेतको संयोजकत्वमा २५६२ औँ बुद्ध जयन्ती मनाउने

परदेशी खबर ९ बैशाख २०७५, आईतवार ०८:४६ मा प्रकाशित ( ५ साल अघि) २५७ पाठक संख्या

दिलकुमार पाख्रीन/ २२ अप्रील, कुवेत। नेपाल तामाङ घेदुङ कुवेतको आयोजना एवम आदिवासी जनजाती महासंघ कुवेतको संयोजकत्वमा आगामी ३० अप्रील सोमबारको दिन २५६२ औँ बुद्ध जयन्ती मनाउने भएको छ। विगत लामो समयदेखि नेपाल तामाङ घेदुङ कुवेतले निरन्तर रुपमा मनाउँदै आइरहेको बुद्ध जयन्ती यसपाली भने आदिवासी जनजाती महासंघ कुवेतको संयोजकत्वमा फर्वानिया स्थित अल हाइथम इन्डियन रेस्टुरेन्टमा साँझ ५ बजेबाट हुने भएको छ।

आदिवासी जनजाती महासंघ र नेपाल तामाङ घेदुङ् कुवेतको निक्कै लामो प्रयासलाइ सार्थक बनाउँदै गत शुक्रबार फर्वानिया स्थित एभरेस्ट नेपाली रेस्टुरेन्टमा आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष रमेश किरातिको अध्यक्षतामा बसेको बौठकले सो निर्णाय पारित गरेको हो। बैठकमा सबै जातिय संस्थाहरुको उपस्थिति रहेको थियो। बैठकले यसपाली नेपाल तामाङ घेदुङको निरन्तरतालाई ध्यानमा राख्दै सहकार्य गरेपनी आगामी बर्षदेखी आदिवासी जनजाती महासंघद्वारा नै आयोजना गर्ने र सकेसम्म बुद्ध नेपालको राष्ट्रिय बिभुती भएकोले राज्यको कोषबाट नै दूतावासको आयोजनामा मनाउन दवाव दिने दीर्घकालीन योजनाको साथ आफुहरु गृहकार्य गरिरहेको अध्यक्ष रमेश किरातिले बताएका छन।

पुनश्च;
कार्यक्रम हुने,
मिति: ३० अप्रील २०१८
स्थान: अल हाइथम रेस्टुरेन्ट, फर्वानिया
समय: बेलुका ५ बजे