यसकुमार, मुना थापा र प्रेम गैरेले धमाका मच्चाउने, आ-आफ्नो सिट सुरक्षित गर्न आयोजकको अनुरोध

अक्टोबर ८, कुवेत । आगामी नोभेम्बर १० मा संजाल कुवेत र विश्वकर्मा समाज कुवेतको संयुक्त रुपमा आयोजना हुने सन्देश मूलक सांस्कृतिक कार्यक्रममा यस चर्चित नायक तथा गायक यसकुमार, प्रेमकुमार गैरे र चर्चित लोक दोहोरी गायिका मुनाथापा मगरले धमाका मच्चाउने भएका छन् ।

जिलिब स्थित नटिङ ब्रिटिस स्कूलमा आयोजना हुने
सांगीतिक कार्यक्रममा आउने दर्शकहरुको सहजताको लागि आयोजकले कुवेतका बिभिन्न स्थानमा रहेका नेपाली होटलमा टिकट उपलब्ध गराएको छ । सम्पूर्ण कुवेतवासी नेपालीलाई समेट्ने उदेश्यले फाहाहिल स्थित नेपाली फेमिली भान्छा घर, जिलिव स्थित हिमालय नेपाली रेस्टुरेन्ट, मालिया स्थित चौतारी रेष्टुरेण्ट फर्वानिया स्थित हाम्रो सैलुङ्गे नेपाली रेस्टुरेन्ट लगायत तल उल्लेखित व्यक्तिहरुलाई सिधै सम्पर्क गरेर पनि टिकट काट्न सकिने आयोजकले जानकारी दिएको छ ।

कुवेतमा कार्यरत सामान्य मजदुरहरुले समेत कर्यक्रममा आएर मनोरन्जन लिन पाउन भन्ने उद्देश्य सहित टिकट दर २ केडी मात्र तोकिएको छ । आयोजकले आफुलाई पायक पर्ने होटल वा स्थानमा गएर टिकट लिई आफ्नो सिट सुरक्षित राख्न पनि अनुरोध गरेको छ ।

सांस्कृतिक कार्यक्रम सफल बनाउन आयोजक जोडतोडले लागेको जानकारी दिएको छ । कुवेतवासी नेपालीलाई ढुक्क भएर कार्यक्रममा उपस्थित हुन पनि आयोजकले भनेको छ । कार्यक्रममा स्थानिय पुलिस प्रशासनसंग समन्वय गरी स्कूलले सुरक्षाको पूर्ण व्यवस्था मिलाइएको छ । स्कूलले तीन जना सुरक्षागार्डको आफै व्यवस्था गरिदिएको र कार्यक्रम हल वा वरपर मध्यपान, धुम्रपान गर्न पाइने छैन भने मध्यपान सेवन गर्नेलाई हलभित्र प्रवेशमा समेत रोक लगाउने भएको छ ।

सांगीतिक कार्यक्रममा अतिथि कलाकार सहित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने र कुवेतमा क्रियाशील संघसंस्थाका प्रतिनिधि, पत्रकार, कलाकार, समाजसेवी, खेलाडी, कलाकार, कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा सहभागी भई भरपुर मनोरञ्जन लिन संजालका अध्यक्ष रमेश नेपालीले अनुरोध गरेका छन् ।

टिकट पाइने स्थान र सम्पर्क नम्बर-
सम्पर्क- कार्यक्रम संयोजक- बिष्णु परियार- ६५८३१०८७
चौतारी नेपाली रेस्टुरेन्ट, मालिया
नेपाली फेमिली भान्छा घर, फाहिल- ५५३७३१५२, ६५८५६१५५
हिमालय नेपाली रेस्टुरेन्ट, जिलिब २४३४१३५५
हाम्रो सैलुङ्गे नेपाली रेस्टुरेन्ट, फर्वानिया-
जहारा एरिया, रमेश नेपाली- ६९९१४३१५
हावाली एरिया, गमबहादुर सुनार- ५५३०२९९०
शुवैख एरिया, प्रदिप नेपाली- ६६३२५३४५
मंगाफ, महाबुल्ला, जीवन सुनार- ५५१४२३१२, माया बिक ९८०५१७३३
फर्वानिया एरिया, पुर्ण सिंह सिके- ५५९८५४९५

कार्यक्रम हुने :
मिति:- नोभेम्बर १० तारिख शुक्रबार
स्थान:-  नटिङ ब्रिटिस स्कूल जिलिब (जिलिब नयाँ गल्फ मार्केट अगाडी, ६ नम्बर ब्रिज नजिककै अर्थात् जिलिब ब्लक १, स्ट्रेट १००, ६ रिंगरोड जिलिप पार्कको सामुन्ने)
समय:- दिनको ठिक १ बजे






Related Posts
  • आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह
  • बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक
  • राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी
  • एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित
  • पछिल्ला सम्प्रेसणहरु

    आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह

    बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक

    राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी

    बिजनेष

    कामदारको तलब नै नतोकी जोर्डनसँग श्रम सम्झौता गरिँदै

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस