नेपाल तामाङ घेदुङ कुवेतको दोस्रो अधिवेशन तथा सातौं वार्षिकोत्सव नोभेम्बर १७ मा

परदेशी खबर/ ८ अक्टोबर, कुवेत। नेपाल तामाङ घेदुङ कुवेतले आफ्नो सातौँ वार्सिकोत्सव तथा दोस्रो अधिवेशन आगामी नोभेम्बर १७ तारिक गर्ने निर्णाय गरेको छ। उक्त कार्यक्रम कुवेतको फर्वानिया स्थित अल हाइथम इन्डियन रेस्टुरेन्टमा हुने जानकारी संस्थाका अध्यक्ष अमृत तामाङले परदेशी खबरलाइ दिएका छन। गत शुक्रबार ६ तारिक फर्वानिया स्थित शैलुङ्गे नेपाली रेस्टुरेन्टमा बसेको संस्थाको बैठकले सो निर्णय पारित गरेको हो। बैठकमा दसैं सम्बन्धी विभिन्न ब्याक्तित्वहरुद्वारा विभिन्न खाले भ्रम र सामाजिक सद्भाव खल्बलिने किसिमका अभिव्यक्तिहरु आएको र त्यसले कालन्तरमा समाजलाइ ठूलो क्षेती हुने बताउँदै खोजराज गोलेद्वारा लिखित तामाङ संस्कृति सम्बन्धिको किताब “म्हेनिङ” बितरण गरिनुको साथै नेपाल तामाङ घेदुङका सक्रीय सदस्य नुवाकोटका दुवै मृगौला पिडित पुर्ण तामाङलाइ आर्थिक सहयोग गरेको थियो।

तामाङ जातिको भाषा, धर्म, संस्कार, संस्कृति, भेषभुषालाइ पुर्खाहरुले जसरी बचाएर तामाङ हो भन्ने पहिचान गराए त्यसैलाइ निरन्तरता दिँदै तामाङ जातिको उत्थान र भाषा, धर्म, संस्कार, संस्कृतिलाई संरक्षण गर्ने हेतुले नेपाल तामाङ घेदुङ केन्द्रिय कार्यलयको छातामुनी रहेर २०१० मा कुवेतमा स्थापन गरिएको थियो। सो संस्थाले सुनबहादुर तामाङ र राम लामा घ्लानको दुई कार्यकाल समापन गर्दै अहिले अमृत तामाङको नेतृत्व सम्म आइपुगेका छन।

कार्यक्रम हुने

मिति: १७ नोभेम्बर २०१७
स्थान: अल हाइथम रेस्टुरेन्ट फर्वानिया
समय: बिहान १० बजे






Related Posts
  • आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह
  • बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक
  • एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित
  • शुभकामना आदान प्रदान गर्दै घेदुङ साईप्रसको प्रथम ऐतिहासिक वार्षिकोत्सव कार्यक्रम भव्य रुपमा सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह

    बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक

    राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी

    बिजनेष

    कामदारको तलब नै नतोकी जोर्डनसँग श्रम सम्झौता गरिँदै

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस