अतिथि कलाकार साथ तमु प्येल्हु संघ कुवेतले जनवरी १२ मा तमु ल्होसार मनाउने


अक्टोबर ८, कुवेत। तमु प्येल्हु संघ,कुवेतले गतवर्ष झैँ यसपाली पनि तमुहरुको महान पर्ब तमु ल्होसार नेपालबाट अतिथि कलाकार ल्याएर साँस्कृतिक कार्यक्रमको साथ ‘खि ल्हो’ तमु ल्होछार भब्य रुपले मनाउने भएको छ।

प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातिय पहिचान, भाषा, संस्कार र सँस्कृतिको संरक्षण गर्नुको साथै विभिन्न सामाजिक सेवामा निरन्तर आफ्नो हात बढाउँदै आइरहेको तमु प्येल्हु संघ, कुवेतले हरेक वर्ष तमु ल्होसार भब्यताको साथ मनाउदै आइरहेको छ। संघले यस भन्दा पहिले पनि कलाकार तिलक गुरुङ साथमा भब्य सांगीतिक कार्यक्रमको आयोजना गरेको थियो ।

कुवेतको नेपाली समाजमा पनि धेरै कार्यक्रम को रुपरेखा तयार भईसकेको छ । तमु प्येल्हु संघले पनि आफ्नो स्थापना देखी नै हरेक कार्यक्रम सफल बनाउदैआएको तमु प्येल्हु संघ, कुवेतले खि ल्हो (कुकुर बर्ग ) को ल्होसारलाई भब्य र सभ्य रुपमा सम्पन्न गराउन नेपालबाट आमन्त्रित अतिथि कलाकारको बेजोड प्रस्तुति रहने छ।

कार्यक्रममा आफ्नो गुरुङ पहिचान र मौलिकता झल्काउने नृत्य र गीतहरुले अतिथि कलाकारहरुलाई यस संस्थाका कलाकारहरुले साथ दिने छन् । गत शुक्रबार कुवेत सिटीमा तमु प्येल्हु संघ,कुवेतको अध्यक्ष गोपाल गुरुङ अध्यक्षतामा बसेको बैठकले नेपालबाट चर्चित अतिथि कलाकार निमन्त्रणा गरेर सांस्कृतिक कार्यक्रमको साथ तमू ल्होछार मनाउने निर्णय गरेको हो । कलाकार कस्लाई निमन्त्रणा गर्ने भन्ने तय भई नसकेको र चाडै नै मिडिया मार्फत जानकारी गराउने अध्यक्ष गोपाल गुरुङले जानकारी गराएका छन् ।

संघका अध्यक्ष गुरुङले उक्त दिन कुवैतमा कृयाशिल सम्पूर्ण संघ-सस्था, सामजसेवी, बुद्दिजिबी,भद्रभलाद्मी, पत्रकार, कलाकार, खेलाडी, राजनीतिज्ञ, सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाई दिनहुन हार्दिक निमन्त्रणा र चुले निम्तो सहित उक्त दिनमा कुनै पनि संघ संस्थानों आफ्ना कार्यक्रमहरू नजुधाइदिन अनुरोध समेत गरेका छन् ।

९)आयोजक : तमु प्येल्हु संघ, कुवेत
कार्यक्रम : तमू ल्होछार अतिथीकलाकार को साथमा
स्थान : हलको खोजिमा (तय भैनसकेको)
मिति/समय : जनावरी १२, २०१८ शुक्रबार बिहान ठीक ११ बजे






Related Posts
  • आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह
  • बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक
  • राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी
  • एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित
  • पछिल्ला सम्प्रेसणहरु

    आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह

    बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक

    राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी

    बिजनेष

    कामदारको तलब नै नतोकी जोर्डनसँग श्रम सम्झौता गरिँदै

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस