मोरङसुनसरी सेवा समाज कुवेतद्वारा क्यान्सर पिडितलाइ ३३ हजार सहयोग

परदेशी खबर/ ०२ अक्टोबर, कुवेत। मोरङसुनसरि सेवा समाज कुवेतले कानेपोखरी-९ मोरङका स्थायी वासिन्दा शेरबहादुर लिम्बुलाइ उपचारको सहयोगार्थ नेपाली रु. ३३ हजार ९०० रुपैयाँ पठाएको छ। पिडित शेरबहादुरकि छोरी रोहिनिमाया नेम्बाङ लिम्बूको नाममा उक्त रकम पठाइएको संस्थाका अध्यक्ष अरुण लिम्बुले परदेशी खबरलाइ जानकारी दिएका छन। रोहिनी मोरङ्सुनसरी सेवा समाजकी सदस्य हुन।

६९ बर्षिय लिम्बू केही महिनादेखी भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत छन। लामो समयदेखी उपचार गराइरहँदा भएको पैसा सकिएपछी उनले विभिन्न संघ संस्थाहरुलाइ सहयोगका लागि अपिल गरेका हुन। उनलाइ (Ca gall bladder) पित्त थैलिको क्यान्सर भएको डाक्टरले बताएको छ।

सहयोगका लागि पठाइएको रकम २२ सेप्टेम्बरका दिन लालिगुराँस सांस्कृतिक परिवार नेपाल कुवेतद्वारा भब्य आयोजित दसैं कार्यक्रममा मोरङसुनसरी सेवा समाजका सदस्यहरुको सक्रियतामा संकलित रकम हो। संस्थागत संकलन गरिएको आर्थिक सहयोग केही दिनमा केन्द्रमार्फत हस्तान्तरण हुनेछ। स्मरण रहोस मोरङसुनसरि सेवा समाज कुवेतले किरात राई यायोख्खा कुवेत, भोजपुर सेवा समाज कुवेत र खोटाङ कुवेत सम्पर्क मञ्चसंग सहकार्य गर्दै संयुक्त रुपमा बाढिपिडितका लागि पनि आर्थिक संकलन गरेको छ। उक्त संकलित रकम छिट्टै स्थान र समय निर्धारण गरि बितरण गरिनेछ।






Related Posts
  • आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह
  • बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक
  • शुभकामना आदान प्रदान गर्दै घेदुङ साईप्रसको प्रथम ऐतिहासिक वार्षिकोत्सव कार्यक्रम भव्य रुपमा सम्पन्न
  • कतारमा १३ सय नेपालीको रोजगार गुम्यो
  • पछिल्ला सम्प्रेसणहरु

    आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह

    बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक

    राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी

    बिजनेष

    कामदारको तलब नै नतोकी जोर्डनसँग श्रम सम्झौता गरिँदै

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस