मानासिक सन्तुलन गुमाएका एक नेपाली कुवेतको अस्पतालमा भेटियो

परदेशी खबर/ २० सेप्टेम्बर, कुवेत। मानासिक सन्तुलन गुमेर अस्पतालमा उपचार गराइरहेका एक नेपाली भेटिएको छ। नवलपरासी घर भएका महेन्द्र हरिजन कुवेतको फर्वानिया स्थित सरकारी अस्पतालमा उपचार गराइरहेको अवस्थामा भेटिएको खबर नेपाली जनसम्पर्क समितुका कार्यबाहक सभापती अनिल ठाकुरले परदेशी खबरलाइ दिएको छ। ठाकुरको अनुसार एक महिना अगाडी कुवेती नागरिकले चलाइरहेको सवारी साधनको ठक्करबाट उनी सख्त घाइते भएर मानसिक सन्तुलन गुमाएको हो। घाइते भएपछी पुलिसले अस्पताल लगेको बुझिएको छ भने उनका नजिकका कोहि सम्पर्कमा आएका छैनन। उनको नजिकका कोहि सम्पर्कमा न आएकाले घटना बाहिर आउन नसकेको हो। अझै सम्मा होसमा आइ नसकेकोले थप जानकारी लिन सकिएको छैन।

उनका अनुसार उनी लामो समयदेखि अवैधानिक रुपमा कुवेतमा रहँदै आएका छन। उनको परिवारलाइ नेपालमा खबर भैसकेको छ। उनका परिवारले कुवेत स्थित नेपाली दूतावास, एन आर एन ए र संघ संस्थाहरुलाइ सहयोगको अपिल गरेका छन। ठाकुर भन्छन “अहिलेसम्मा हस्पिटलमा ७० केडिको बिल रहेछ। थप केही सिटिस्क्यान र केही प्रोसेसहरु बाँकी रहेछ। त्यसो गर्दा १०० केडि सम्मको खर्च बन्न सक्छ। तर बिरामी अवैधानिक भएकोले कुटनैतिक प्रक्रीया दूतावासबाट र टिकट तथा अन्य सहयोग एन आर एन ए र अन्य कुवेतमा क्रीयाशिल संघ संस्थाहरुले गरे नेपाल पठाउन सकिन्छ।” उनले थप्दै भने “हस्पिटलबाट आगामी एक तारिक भन्दा अगावै निकाल्नुपर्ने सल्लाह डाक्टरको रहेको छ। त्यसैले उनलाइ नेपाल पठाउन सबै संघ संस्थाले चाँडो पहल गर्नुपर्ने ददेखिन्छ”






Related Posts
  • आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह
  • बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक
  • शुभकामना आदान प्रदान गर्दै घेदुङ साईप्रसको प्रथम ऐतिहासिक वार्षिकोत्सव कार्यक्रम भव्य रुपमा सम्पन्न
  • कतारमा १३ सय नेपालीको रोजगार गुम्यो
  • पछिल्ला सम्प्रेसणहरु

    आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह

    बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक

    राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी

    बिजनेष

    कामदारको तलब नै नतोकी जोर्डनसँग श्रम सम्झौता गरिँदै

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस