तेश्रो सनराइज कप सम्पन्न: उपाधी पर्वत क्लबको पोल्टामा

संवाददाता/१८ सेप्टेम्बर, हङकङ। सनराइज स्पोर्टस् क्लव, हङकङद्धारा आयोजित तेश्रो सनराइज कप २०१७ हिजो आइतावार भव्यताका साथ सम्पन्न भएको छ । उक्त आयोजनामा पुरुष तर्फको खुल्ला भलिवल प्रतियोगितामा हङकङका ८ टोलीले सहभागी जनाएका थिए । घान्द्रुक समाज, आधीखोला क्लव, पुन क्लव, पर्वत क्लव, हलेसी क्लब, पाथिभरा क्लब, सनराइज ए र सनराइज बि गरि ८ टिम रहेको थियो ।

हङकङमा हरेक वर्ष सनराइज स्पोर्टस क्लवले आयोजना गर्ने एक दिने मैत्रिपुर्ण खेलमा पर्वत क्लवले उपाधि हात परेको छ । पर्वत क्लव र सनराइज ए को प्रतिस्पर्धात्मक फाइनल खेलमा पर्वतले दोश्रो र तेश्रो सेटमा सजराइज ए लाई पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो । पहिलो सेट सनराइज ए र दोश्रो सेट पर्वतको भए पनि तेश्रो सेटको घम्साघम्सीमा प्रविधिक गडबडको कारण पर्वतले १ अंकले लिड गर्दै सनराईज ए लाइ पराजित गरेको हो । पर्वत पुन क्लव लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो भने घान्दु्रक समाजलाई पाखा लगाउदै सनराइज ए फाइनलमा प्रवेश गरेको थियो ।

एक दिने खुल्ला पुरुष भलिवल प्रतियोगितामा विभिन्न विधामा पुरुस्कार प्रदान गरिएको थियो । खेलको बेस्ट प्लेयर उप विजेता टिम सनराइज ए का रबिन खड्कालाई दिइएको थियो भने सोहि टिमका खेलाडी दिनेश खत्रीलाई बेस्ट स्पाइकर उपाधिले मनोनित गरिएको थियो । प्रतियोगिताको विजेता टिमलाई ११ हजार हङकङ डलर, ट्रफि र मेडल पुरस्कृत गरिएको थियो भने उप विजेता टिमलाइ ६ हजार ६ सय ६६ डलर, ट्रफि र मेडलले पुरस्कृत गरिएको थियो ।






Related Posts
  • आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह
  • बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक
  • एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित
  • शुभकामना आदान प्रदान गर्दै घेदुङ साईप्रसको प्रथम ऐतिहासिक वार्षिकोत्सव कार्यक्रम भव्य रुपमा सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह

    बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक

    राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी

    बिजनेष

    कामदारको तलब नै नतोकी जोर्डनसँग श्रम सम्झौता गरिँदै

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस