नेपाली अल्ट्रा धाविका मिरा राईले संयुक्त अधिराज्यको ‘बेन नेभिस अल्ट्रा’ दौड जितिन्

सेप्टेम्बर १९,काठमाडौं । असोज महिनाको सुरुवातमै नेपालका लागि अत्यन्तै खुशीको खबर आएको छ । नेपालकी छोरी मिरा राईले विश्व सामु नेपालको नाम उचो हुनेगरी विजय प्राप्त गरेकी छन् । नेपाली अल्ट्रा धाविका मिरा राईले संयुक्त अधिराज्यको ‘बेन नेभिस अल्ट्रा’ दौड जितेकी छन् । निर्धारित दुरी १५ घन्टा २७ मिनेट चार सेकेण्डमा पुरा गर्दै उनी महिलातर्फ पहिलो भइन् । आयोजकका अनुसार मिरा समग्रमा छैटौं भएकी थिइन् । पुरुषतर्फ पहिलो भएका डोनाल्ड काम्पबेलले १३ घन्टा २४ मिनेट २० सेकेण्डमा दौड पुरा गरेका थिए ।

संयुक्त अधिराज्यको दक्षिण तटमा रहेको विश्व प्रसिद्ध लख नेसबाट सुरु भएको दौड स्कटल्याण्डको पहाडी मैदान हुँदै बेलायतको सबैभन्दा उच्च पहाड बेन नेसिभ पास गरेर स्कटल्याण्डको किन्लोखलेभनमा पुगेर टुंगिएको थियो । पुरुष र महिलातर्फ पहिलो हुनेले एक हजार युरो पुरस्कार समेत पाउने आयोजकले जनाएको छ ।साभार: जनबोली न्युज डटकमबाट






Related Posts
  • आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह
  • बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक
  • राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी
  • एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित
  • पछिल्ला सम्प्रेसणहरु

    आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह

    बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक

    राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी

    बिजनेष

    कामदारको तलब नै नतोकी जोर्डनसँग श्रम सम्झौता गरिँदै

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस