रामेछाप-दोहा सम्पर्क समाज कतारलद्वारा लिखुका बाढी पीडितहरूलाई राहत बितरण

संवाददाता / ०६ सेप्टेम्बर कतार। रामेछाप लिखु गा.पा. ६ र गोकुलगंगा गा.पा. ६ मा गत अषाढ ३१ देखि श्रावन ४ गते सम्म गएको अबिरल बर्षाले निम्याएको प्राकृतिक बिपत्ती बिनासकारी बाढीका पीडितहरूलाई राहत वितरण गरिएको छ । कतारमा रहेका रामेछाप जिल्लाबासिहरूको संस्था “रामेछाप-दोहा सम्पर्क समाज कतार” ले हिजो मङ्गलवार भाद्र २० गते राहत वितरण गरेको हो । समाजको निबर्तमान उपाध्यक्ष यम बहादुर बिकले राहत वितरण कार्यक्रमको आयोजना गर्दै १ लाख २ हजार ४ सय १९ रुपैयाँ बराबरको ७० थान पिभिसि त्रिपाल पीडितहरूलाई वितरण गरेको हो ।

बाढी पीडितहरूलाई “रामेछाप-दोहा सम्पर्क समाज” का सचिव ललित कुमार तामाङ र कोषअध्यक्ष उद्दब मगरको पहलमा कतार बाट ७० हजार ५ सय ५३, रामेछाप उमाकुण्डा गा.पा. वडा न ६ की समाजसेवी नेरूता मोक्तान तामाङको पहलमा लेबानोन बाट १४ हजार ७ सय ७९ र नगरकोटकी चाहाना ब्लोन तामाङको पहलमा माल्दिभ्सबाट १७ हजार ८७ गरी जम्मा १ लाख २ हजार ४ सय १९ रकम बराबरको ७० थान त्रिपाल वितरण गरेको हो ।
स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा विभिन्न राजनैतिक दलका स्थानीय नेता र कार्यकर्ताहरूको जोडदार उपस्थिति रहेको राहत बितरण कार्यक्रम अनुष्का ढकालले सञ्चालन गरेकि थिइन । स्मरण रहोस रामेछापको लिखु गाउँपालिका र गोकुलगंगा गाउँपालिकाको सिमानामा बग्ने छतिउने खोलामा अषाढ ३१ गते आएको बाढीले ५ जनाको ज्यान लिएको थियो भने ५ घर परिवार घरबारविहिन भएका छन् ।






Related Posts
  • आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह
  • बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक
  • एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित
  • शुभकामना आदान प्रदान गर्दै घेदुङ साईप्रसको प्रथम ऐतिहासिक वार्षिकोत्सव कार्यक्रम भव्य रुपमा सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह

    बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक

    राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी

    बिजनेष

    कामदारको तलब नै नतोकी जोर्डनसँग श्रम सम्झौता गरिँदै

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस