त्रासदी: मनिषा राइ

कविता


मनिषा राइ

त्रासदी

जब सक्कलि स्टेथोस्कोप भिडेर गलामा
नक्कली उपचार गरियो बिरामिको
जाँचियो सक्कली रोग नक्कली डाक्टरिले
भयो फैसला सल्यक्रियाको
जब घाँटिको सल्यक्रिया गर्नु पर्नेमा
पाठेघर फ्याँकियो
मुटूको शल्यक्रिया गर्नु पर्नेमा
किड्नी निकालेर बेचियो
ज्वरोले थलिएको छोरिलाई
कहिल्यै नफर्किने बाटो पठाइयो
अनि मरिसकेको आमालाई
भेन्टिलेटरमा राखेर करोडौं पैसा असुलियो
जब सबै कुरा बितेपछी असलीयत
बाहिर आयो,केही थिएन मसङ्ग
न किड्नी थियो न पाठेघर
न मुटू फेरियो न घाटिको समस्या
न छोरी थिईन न आमा
तब पो थाहा भयो डाक्टर त नक्कली पो रहेछ
तब पो थाहा भयो छोरी त अकालमै मरिछिन
तब पो थाहा भयो मेरो पाठेघर निर्दोष भएर नि दोषिको कठघरामा परेको
तब पो थाहा भयो मेरो आमालाई पैसा कमाउन भेन्टिलटेरमा राखेको
त्यसपछी आजसम्म त्रासदी छ !

जब मनसुन आयो आकाश गर्जियो
बादलहरु रिसाएर कालो हुन थाले
हावाहरु तेजले चल्न थाले
रुखहरु हावासङ्ग रिसाएर मडारिन थाल्यो
अनि बादलहरु हिमालसङ ठोक्किएर आँसु झार्न थाले
र लगातार भैइरह्यो वर्षा
हिउँपनि पग्लिएर सबै बगे
पहाडले थेग्न नसकेर बाढी हुँदै खहरे खोल्सी हुँदै झरे
दुधकोशी,तामा,तमोर,अरुण,सुनकोशी शप्तकोशी गए
बडेमानको कठोर पहाडले छेक्यो
समथर तराई रुझ्दै सबै डुब्यो
ओत लाग्ने छाप्रो लग्यो
सबै भए छताछुल्ल
पेट कसेर पटुकिले बाटो हेर्दै बस्यौं
आमाको काख रित्तिएपछी
काख खोसिए पछि
सबै-सबै लुटिएपछी आयौ
तवदेखी सरकारसङ्ग आशै हरायो
बाह्यको के कुरा
त्यसपछी हरेक वर्ष तराईमा वर्षाको
त्रासदी छ !

दसगजाछेउ ढल्किएको म
कुन्नि कसरी,कतिबेला सपनिमा छाती पिटि-पिटि मेरो माटो माग्दैरहेछु
मेरो आमाको शरीर लुछिएकोमा लडि-लडि रगताम्य भएछु
छातिभरी बुट बजारिँदा देशकै लागि मरिमेट्दै रहेछु
जब मेरि आमालाई बुट बजारियो
झल्यास ब्युँझिदा म त दसगजापारी अरुको माटोमा पो रहेछु
मेरो देश खुम्चिएको देखेर मुटू फुटेदेखी म कोमामा छु तबदेखी त्रासदी छाएको छ !

श्रम गर्न गएको दाजु मरुभुमिमै लुटिए देखि
छोरा छोरी पढाउन कुवेत गएकी दिदी जेलमा परेपछी
साहुको ऋण तिर्न अरब गएको पापा गुमनाम भएदेखी
श्रीमतिलाई सुखी राख्न दुबई गएको श्रीमन घाइते भएदेखी
श्रीमानको हालत देखि पोइला गएकी श्रीमती कोठिमा बेचिएदेखी
धन कमाएर केही गर्छु भनि मलेसिया गएकी बहिनी बलात्कृत भै मारिएपछि अबिस्वासको पहाड उभिएको छ अनि त्रासदी छ !

बालबच्चा पाल्न मालिकको घरमा गएकी आमा नफर्किए पछि
इमान्दार पापा झुटको केसमा फसेपछी
जागिर खान गएकी दिदी मृत फेला परेपछी
अधिकृत दाजुले परिवार पाल्न नसकेर भ्रष्टाचारको खेती गरेदेखी
श्रम गर्ने उमेरका युवाहरु कुलतमा फसि बरालिए पछि
हवलदार निर्दोष श्रीमानले गोलि खाएदेखी
जागिरे श्रीमती शोषित भएपछी
आफैले चुनेको नेताले छाप्रोमा आगो लगाए देखी
यहाँ त्रासदी अझै धेरै छाएको छ !






Related Posts
  • गायक पवन थिङको फ्लाइ एल्बम सार्वजनिक
  • के गर्दै छन् गुमनाम गायक कुबेर राई ?
  • कविता: आउ जात समान बनाउने बिज्ञान पत्ता लगाउन
  • तीनजनाको लोभलाग्दो आत्मीयता
  • पछिल्ला सम्प्रेसणहरु

    आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह

    बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक

    राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी

    बिजनेष

    कामदारको तलब नै नतोकी जोर्डनसँग श्रम सम्झौता गरिँदै

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस