भिषण आँधिबेहरी पछि अस्तब्यस्त शहर मकाउमा सरसफाईमा जुटे नेपाली

कर्णबहादुर अधिकारी / अगष्ट २९, मकाउ।नेपालीका लागि नेपाली र एक पटकको नेपाली सधैको नेपाली भन्ने माहान बाणीलाई आत्मसात गर्दै अगाडी बढेको नेपालीहरूको छाता संगठन गैर आबासीय नेपाली संघ मकाउले आफ्नो मोटोमा नेपालीका लागि नेपाली मात्र नभएर बिदेशीका लागि पनि नेपाली भन्ने कुरालाई यथार्थतामा परीणत गरी दिएको छ।केहि दिन अगाडी अगष्ट २३ तारीकका दिन मकाउमा आएको थोई फोङ्(तिब्र गतिको हावा र बर्षा)का कारण जन धनको क्षति भएको अबस्थामा नेपालीहरूले मकाउका जनताको घाउँमा मलम बनेर शीतलता प्रदान गरेको छ।

तिब्र गतिको हावा र बर्षाको कारण समुन्द्रको पानी मकाउको गहिरो भागमा पसेर एक तला डुबानमा पारेको थियो र ती डुबेको ठाउँहरूमा १० जनाको ज्यान जानुका साथै करोडौ डलरको भौतिक बस्तुहरू नष्ट भएको थियो।ती बिग्रिएका बस्तुहरूलाई नागरीकहरूले घरबाट सडक नै अबरूद्ध हुने गरी फालेका कारण मानिसहरूलाई आबत जाबत गर्नै कठिन हुने गरी दुर्गन्ध फैलिई रहेको अबस्थामा जनताहरू रोगहरूले संक्रमण गर्छकी भनी चिन्तित भई रहेको अबस्थामा त्यो फोहरलाई ब्यबस्थापन गर्नका लागि नेपालीहरूले साथ दिएका छन।बाढी पसेर अस्तब्यस्त भई रहेको अबस्थामा गैर आबासीय नेपाली संघ मकाउ,नेपाली समाज मकाउ र नेपाली जनसम्पर्क समिति मकाउले संयुक्त रूपमा गरेको सरसफाई अभियानमा मकाउका बिभिन्न होटल,क्यासिनो,सप्लायर्स कम्पनीहरू,ब्यबशाय गरी रहेका लगभग ४०० को हारहारीमा नेपालीहरूले स्वस्फूर्त रूपमा स्वयंसेवक कार्यमा सहभागिता जनाई सरसफाईमा जुटेका थिए।सरसफाई कार्यक्रम सनमालो,कोशीताक,सामसान चाङ,तापसेक,सालेथौ एरीयामा भएको थियो।

उक्त सरसफाई अभियानमा गैर आबासीय नेपाली संघ मकाउका अध्यक्ष मुकेश कुमार बरूवाल,उपाध्यक्ष राजेश प्रसाई,सचिव कर्ण बहादुर अधिकारी,प्रबक्ता यूवराज न्यौपाने,आईसीसी सदस्य शान्ति देवी अधिकारी,पश्चेमेली समाज मकाउका अध्यक्ष पदम सिंह पन्त,सदस्य शेर बहादुर कोईराला,गैर आबासीय नेपाली संघ मकाउका पूर्व सचिव रामचन्द्र घिमिरे त्यसै गरी नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक सभापति अम्बिर जोशी,बर्तमान उपसभापति द्वय सुन्दर श्याम भण्डारी र लेख बहादुर गुरूङ्,सहमहामन्त्री काली बहादुर परीयार,अन्तराष्ट्रिय नेपाली समाज मकाउका संयोजक प्रजुन अधिकारी,भरत पाण्डे,हरीशचन्द्र अधिकारी,राजन अधिकारी,नबराज अन्जन,जंग बहादुर गुरूङ,दिपक प्रणामी,दिपक सिंह ठकुरी,दुर्गा धिमाल लगाएत मकाउमा कार्यरत रहनु भएका नेपाली दाजुभाईहरूले मन बचन र कर्मले बिहान फोहर जम्मा गरी प्लाष्टिक ब्यागमा राखेर बेलुका गाडीमा लोड गरी पठाएको थियो।

उक्त सफाई अभियानमा एक जना नेपाली रूप बहादुर तामाङ साधरण घाईते भएको छ।स्मरण रहोस २०७२साल बैशाख १२ गते नेपालमा गएको आम बिनाशकारी भुकम्पमा मकाउ सरकार र प्राईभेट कम्पनिहरूले करोडौ रूपैया नेपाल र नेपालीलाई सहयोग गरेका थिए।हामीले आर्थिक सहयोग गर्न नसके पनि भौतिक रूपमा सहयोगमा जुट्नु हाम्रो लागि गर्वको कुरा हो।मकाउमा फिलिपिन्स,बर्मा,ईन्डोसिया,नेपाल,मंगोलिया,भुटान,भारत,थाईल्याण्ड लगायत घेरै देशका नागरीकहरू कार्यरत रहे पनि जम्मा ४००० को हाराहारीमा रहेका नेपालीहरू सडक भरी सरसफाई अभियानमा जुटेको देखेर स्थानीयहरूले प्रसन्न मुद्रामा घन्यबाद दिनुका साथै नेपालीहरू अति नै सहयोगी हुँदा रहेछन भनि प्रसंशा गरेका थिए।






Related Posts
  • चर्चित कलाकारहरु पशुपति शर्मा, प्रकाश कटुवाल, जानकी तारमी र ऋषि खड्का कुवेत आउने
  • कुवेत – काठमाण्डौं सिधा उडान डिसेम्बर ६ बाट हुने
  • सुदुरपश्चिम सेवा समाज कुवेतको प्रथम वार्षिकोत्सव फेब्रुवरी १६ मा
  • दिवंगत प्रकाश दाहाल प्रति हङकङमा श्रद्धाञ्जली सभा सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    चर्चित कलाकारहरु पशुपति शर्मा, प्रकाश कटुवाल, जानकी तारमी र ऋषि खड्का कुवेत आउने

    कुवेत – काठमाण्डौं सिधा उडान डिसेम्बर ६ बाट हुने

    “मृत्यु”  मन्जु मोक्तानको कबिता

    बिजनेष

    ओबीओआरको प्रगतिः सुस्त नेपाल, तीब्र चीन !

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस