बाथ रोगी पुस्पा गुरुङलाई तमु धी जेद्दा साउदीद्वारा अर्थिक सहयोग

संवाददाता/ २९ अगस्ट, साउदी। बिगत ८ आठ बर्ष देखि बाथ रोगबाट ग्रसित पुस्पा गुरुङलाई तमु धि जेद्दा साउदी अरबद्वारा नगद रु १,०७,५३५ (एक लाख सात हजार पाँच सय पैतिस ) सहयोग रकम हस्तान्तरण गरेको छ ।

८ वर्ष देखी बाथ रोगले थलिएर घर परिवारको अत्यन्तै दयनिय अार्थिक अवस्थाका कारण उपचार गराउन नसकिरहेका देवदाह नगरपालिका-५ रुपन्देही निबासी पुस्पा गुरुङलाई तमु ह्युल छोज धि ( गुरुङ राष्ट्रिय परिषद) भवनमा अहिले घर बिदामा नेपाल रहेका तमु धि जेद्दाका वरिष्ठ सल्लाहकार तथा NRNA RCC साउदी अरब जेद्दाका अध्यक्ष भिम गुरुङद्वारा गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष श्री रेशम गुरुङको उपस्थितिमामा हस्तान्तरण गरिएको हो ।

नेपाली रु १,०७,५३५ ( एक लाख सात हजार पाँच सय पैतिस रुपैया ) सहयोग रकम बिरामी पुस्पा गुरुङलाई भदौ १३ गते मंगलबार हस्तान्तरण गरिएको छ । अध्यक्ष श्री रेशम गुरुङ र भिम गुरुङ लगायत गुरुङ राष्ट्रिय परिषदका अन्य पदाधिकारी हरुको पनि उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको थियो।

२३औ बिश्व आदिवासी दिवसको अवसर पारेर तमु धि जेद्दाका सल्लाहकार हुम बहादुर गुरुङको नेतृत्वमा केही रकम संकलन गरिएको थियो। साथै पुस्पा गुरुङको सहयोगको लागि तमु धि जेद्दा द्वारा रकम संकलनमा निरन्तरता दिदै आइरहेको थियो। फलस्वरूप पुस्पाको।लागि यो रकम उठ्न सफल भएका थिए ।

विभिन्न सामाजिक कार्यहरुमा निरन्तर लगिरहेको तमु धी जेद्दा साउदीले यस अघि पनि यस्तै सहयोग तथा समाजिक कामहरु गर्दै आइरहेको र भावी दिनमा समेत निरन्तरता दिने जानकारी तमु धी जेद्दा साउदी अरबका महासचिव सुरज गुरुङले दिए, साथै उनले पुस्पा गुरुङको सहयोगार्थ सहयोगको हात मिलाउनु हुने तथा फराकिलो मनको भावना बाट प्रेरित सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाइ तमु धि जेद्दा द्वारा धन्यवादका साथ अभार समेत व्यक्त गरे ।






Related Posts
  • आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह
  • बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक
  • राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी
  • शुभकामना आदान प्रदान गर्दै घेदुङ साईप्रसको प्रथम ऐतिहासिक वार्षिकोत्सव कार्यक्रम भव्य रुपमा सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह

    बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक

    राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी

    बिजनेष

    कामदारको तलब नै नतोकी जोर्डनसँग श्रम सम्झौता गरिँदै

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस