घरेलु कामदार संरक्षणका लागि कतारमा नयाँ कानुन

 

 

अगस्ट २५,   कतारले घरेलु कामदारका रोजगारीको अधिकार संरक्षण हुने गरी कानुन बनाएको छ । त्यहाँको कानुनले पहिलो पटक घरेलु कामदारलाई समेटेको हो ।

 

कतारका अमिर शेख थामिम विन अमद अल थानीले मंगलबार घरेलु कामदार सम्बन्धी कानुन दर्ता गर्नुभएको हो । घरेलु कामदालाई दिनको १० घण्टा भन्दा बढी समय काममा लगाउन नपाइने, रोजगारदाताले महिनैपिच्छे तलव दिनुपर्ने, हप्तामा एक दिन बिदा दिनुपर्ने र वर्षमा तीन हप्ता वार्षिक बिदा दिनुपर्ने कानुनमा नै व्यवस्था गरिएको छ ।

 

यस्तै घरेलु कामदार सम्बन्धी कानुनले कामदारको सम्झौता पत्र सकिएपछि वर्षको तीन महिना बराबरको सेवा सुविधा दिनुपर्ने व्यवस्था पनि गरेको छ । १८ वर्ष भन्दा कम र ६० वर्ष भन्दा माथिका उमेरका विदेशी कामदारलाई काममा लगाउन प्रतिवन्ध लगाएको छ ।

 

साथै, कतारमा घरेलु कामदारको अवस्था सुधारोन्मुख रहेको एक अध्ययनले देखाएको छ । कतारमा सन् २०१४ मा घरेलु कामदार माथि गार्जियनले गरेको अध्ययन अनुसार घरेलु कामदारको अवस्था दासको जस्तो भएको निष्कर्ष निकालेको थियो । तर तीन वर्षमा कामदारको अवस्थामा सुधार भएको गार्जियनले जनाएको छ ।

 

अनुसन्धानमा धेरै महिला घरेलु कामदारलाई हप्तामा एक सय घण्टा जर्बजस्ती काम गर्न लगाएको, पासपोर्ट रोजगारदाताले राखेको, तलव नदिएको र धेरै महिला कामदारले शारीरिक तथा यौन दुव्र्यवहारमा परेको उल्लेख गरिएको थियो ।

 

त्यस्तै, धेरै फिलिपिनो घरेलु कामदार काम गर्ने गाह्रो भएको भन्दै दोहामा रहेको फिलिपिन्सको दूतावासमा पुग्ने गरेका थिए । सन् २०१५ मा इन्डोनेसियाले मध्यपूर्वका २१ वटा देशमा यस्तो अवस्थामा घरेलु कामदार नपठाउने बताएको थियो ।

 

कतारमा नेपाली सहित १० लाख भन्दा धेरै महिला घरेलु कामदारको रुपमा कार्यरत छन् । घरेलु कामदारलाई कानुनले समेटेको भन्दै यसले कतारको घरेलु कामदारको अवस्थालाई सुधार्ने विज्ञहरुले बताएका छन् ।

 

यो कानुनले सरसफाइ गर्ने, बगैंचामा काम गर्ने र घरको मोटर चलाउने ड्राइभरलाई पनि समेटेको छ । अन्तर्राष्ट्रिय श्रम संगठनले पनि कतारलाई आउँदो नोभेम्बरसम्ममा मानवअधिकारको अवस्था सुधार नगरे कारवाहीमा गर्ने चेतावानी दिएको छ ।

 

साभार उज्यालोओनलाइन






Related Posts
  • चर्चित कलाकारहरु पशुपति शर्मा, प्रकाश कटुवाल, जानकी तारमी र ऋषि खड्का कुवेत आउने
  • कुवेत – काठमाण्डौं सिधा उडान डिसेम्बर ६ बाट हुने
  • सुदुरपश्चिम सेवा समाज कुवेतको प्रथम वार्षिकोत्सव फेब्रुवरी १६ मा
  • दिवंगत प्रकाश दाहाल प्रति हङकङमा श्रद्धाञ्जली सभा सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    चर्चित कलाकारहरु पशुपति शर्मा, प्रकाश कटुवाल, जानकी तारमी र ऋषि खड्का कुवेत आउने

    कुवेत – काठमाण्डौं सिधा उडान डिसेम्बर ६ बाट हुने

    “मृत्यु”  मन्जु मोक्तानको कबिता

    बिजनेष

    ओबीओआरको प्रगतिः सुस्त नेपाल, तीब्र चीन !

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस