नेपालीको प्रतिव्यक्ति ऋण बढ्यो, एक जनाकै थाप्लोमा २४ हजार

 

अगस्ट २३,  काठमाडौं । एक वर्षमा नेपालीको प्रतिव्यक्ति ऋण ३ हजारले बढेको छ । राष्ट्र बैंकको गत आव २०७३/७४ को प्रतिवेदन अनुसार गत असारसम्ममा सरकारले तिर्न बाँकी ऋण ६ खर्ब ९७ अर्ब ३७ करोड रहेको अनलाइनख़बरमा समाचार रहेको छ ।

केन्द्रिय तथ्यांक बिभागको प्रक्षेपण अनुसार यसवर्ष (सन् २०१७) को जनसंख्या लगभग २ करोड ८८ लाख रहेको छ । यसआधारमा हेर्दा प्रति नेपालीको थाप्लोमा २४ हजार १ सय ४७ रुपैयाँ ऋण रहेको हो ।

 

गत वर्ष (सन् २०१६) भने नेपालको कुल जनसंख्या २ करोड ८४ लाख रहेको थियो भने सरकारले अघिल्लो आव २०७२/७३ मा तिर्न बाँकी ऋण ६ खर्ब १५ अर्ब रहेको थियो । यस आधारमा प्रति नेपालीको भागमा २१ हजार ६ सय ३३ रुपैयाँ ऋण पर्न आएको थियो ।

सरकारले यसरी तिर्न बाँकी ऋणमा नेपालीहरुलाई २ खर्ब ८३ अर्ब तिर्न बाँकी रहेको हो । अघिल्लो आवमा सरकारले नेपालीहरुबाट उठाएको २ खर्ब ३४ अर्ब ऋण तिर्न बाँकी थियो । चालु आव २०७४/७५ मा भने सरकारले नेपालीबाट १ खर्ब ४५ अर्ब रुपैयाँ उठाउने तालिका सार्वजनिक गरेको छ ।

सरकारले विदेशी मुलुकहरुबाट लिएको ४ खर्ब १३ अर्ब ऋण तिर्न बाँकी रहेको छ । अघिल्लो आवमा भने ३ खर्ब ८१ अर्ब बाह्य ऋण तिर्न बाँकी थियो ।

एक वर्षमा नेपाल सरकारले तिर्न बाँकी रहेको आन्तरिक र बाह्य ऋणमा ८१ अर्बले वृद्धि भएको हो । कुल गार्हस्थ उत्पादन (जीडिपी) को आधारमा हेर्दा भने यो दर घटेको छ । गत आवमा कुल गार्हस्थ उत्पादनको लगभग २७.७ प्रतिशत बराबर यस्तो ऋण रहेको थियो भने चालु आवमा यो दर २६.८ प्रतिशतमा सिमित भएको हो । जीडिपीको तुलनामा बाह्य ऋण घटेपनि आन्तरिक ऋण भने केही बढेको छ ।






Related Posts
  • आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह
  • बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक
  • राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी
  • एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित
  • पछिल्ला सम्प्रेसणहरु

    आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह

    बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक

    राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी

    बिजनेष

    कामदारको तलब नै नतोकी जोर्डनसँग श्रम सम्झौता गरिँदै

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस