क्यान्सर पीडित सलिनलाई सहयोग रकम हस्तान्तरण

परदेशी खबर/ आइ सिङ तामाङ- देउराली नुवाकोट।
विगत लामो समयदेखि पेटको क्यन्सरबाट ग्रस्त साविक देउराली -६ हाल मेघाङ -३ देउराली खल्चेत निबासी खम्बा तामाङको नाति जगत बहादुर तामाङको छोरा सलिन तामाङ काठमाडौंको ग्रन्डी अस्पतालमा उपचाररत छ। गाउँको सामान्य परिवारमा जन्मेका सलिन पढाईको क्रममा काठमाडौं बस्दै अाएको थियो। एक्कासि देखिएको पेटको क्यन्सर रोगले थलिएपछि अाफु संग भएको र गाउमा ऋण गरेर लाखौ रुपैयाँ उपचारमा लगाए तर उपचारका लागि अरु थप रकमको अावश्यकता देखिए पछि सहयोगको अपिल गर्न बध्य भए ।
जस अनुसार देउताको रुपमा नुवाकोट गोर्स्याङकी माया लोप्चन तामाङ (हाल साईप्रसमा रहनु भएका) ले सलिन बचाउ अभियानको नेतृत्व गर्दै संसार भरबाट अाम नेपाली दाजुभाई दिदीबहिनीहरु बाट सहयोग संकलन हुन थल्यो ।उनको यो अभियानलाई साउदीमा रहेका जगत ब्लेन्देन, असिम दोर्जे तामाङ साथै कतारबाट गणेश ब्लेन्थेन लगायतले साथ दिदै देश विदेशमा रहेका दाजुभाइ दिदीबहिनीहरुलाई सहयोगको अपिल गरे , र अाफुहरु पनि अभियानलाई सफल पार्न रातदिन खटिन थले । यसै अनुसार सालिन बचाउ अभियानको अभियन्ता माया लोप्चन तामाङले अभियान सम्पन्न भएको अवधी पुर्व नै संकलित रकम बर्खा यामको ब्यस्त दैनिकी र उचित समय अभावले स्थानीय स्तरमा संकलित रकम, साउदी र मलेसियामा रहेका छिमेकी मित्रहरूले संकलन गरेको नगद अार्थिक सहयोग रकम भदौ ५ गते सोमबारका दिन सलिनकै गाउँमा रहेको श्री विद्योपार्जन प्रा,वि, मेघाङ-३ टुनेडाडामा एक कार्यक्रमको साथ हस्तान्तरण गरिएको छ ।
साउदीको ताइफबाट असिम दोर्जे तामाङले नेतृत्व गरि नेपाली रु ४७,१००/ साउदी कै अल खरजबाट जगत ब्लेन्देन तामाङले रु ६५,०००/मलेसियाबाट महेश वाईवा, मन बहादुर तामाङ र शन्त ब, तामाङको नेतृत्वमा रु ९३,७००/मलेशियबाटै कालू तामाङबाट रु १०,०००/ मलेसिया बाटै नेमा तामाङ पत्लुङ्पाबाट रु १०,०००/ र स्थानीय स्तर छर छिमेकबाट रु ४८,७२०/ गरि जम्मा रु २,७४,५२०/ ( दुई लाख चवाहत्तर हजार पाँच सय बीस रुपैया) मेघाङ गाउँपालिका-३ का वडा सदस्य श्री मंगल सिं तामाङ र शिक्षक श्री अाई सिं तामाङले संयुक्त रुपमा सलिनका हजुरबा खम्बा तामाङलाई हस्तान्तरण गरिएको छ।

उक्त विशेष सहयोग रकम हस्तान्तरण कार्यक्रममा विशेष गरि अभियानकी नेतृत्व नुवाकोट गोर्स्याङकी चेली माया लोप्चन तामाङलाई मुरी मुरी धन्यवाद ज्ञापन गर्दै उहाँको यो महान कार्य प्रती सम्पुर्ण गाउँवासि तथा सलिनका हजुरबुबा श्री खम्बा तामाङले उच्च प्रसंशा गर्दै हार्दिक अभार समेत व्यक्त गरेका थिए । त्यसै गरि अभियानका सहयोगी जगत ब्लेन्देन
तामाङ, असिम दोर्जे तामाङ, सलिन बचाउ अभियानलाई उचित सल्लाह सुझाव दिएर अभियानलाई थप उर्जा दिने बिगेन्द्र सिंह तामाङ लगायत अन्य सहयोगी अभियान कर्ता र सम्पुर्ण तमाम सहयोगी हातहरु सबैमा विशेष धन्यवाद एवम् अभार व्यक्त गरे । अगामी दिनमा समेत यस्तै समाजसेवाका कार्यमा लगनशीलता रहिरहोस र यस्तै उदाहरणीय कार्यहरु लम्किरहोस भन्दै सहयोगी सबैमा सु,स्वास्थ र दीर्घायुको कामना सहित कार्यक्रम सम्पन्न भएको थियो।






Related Posts
  • आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह
  • बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक
  • एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित
  • शुभकामना आदान प्रदान गर्दै घेदुङ साईप्रसको प्रथम ऐतिहासिक वार्षिकोत्सव कार्यक्रम भव्य रुपमा सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह

    बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक

    राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी

    बिजनेष

    कामदारको तलब नै नतोकी जोर्डनसँग श्रम सम्झौता गरिँदै

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस