नेपाली जनसम्पर्क समिति मकाउको तेस्रो अधिवेशन सेप्टेम्बर ३ मा हुने


कर्ण अधिकारी मकाउ,चीन।
नेपाली काँग्रेसको बिदेश स्थित भातृ संगठन नेपाली जन सम्पर्क समिति मकाउको तेस्रो अधिबेशन सेप्टेम्बर ३ तारीकका दिन हुने भएको छ।सन २०१३ जुन १४ का दिन स्थापना भएको जनसम्पर्क समिति मकाउले तेस्रो बार्षिक उत्सव पनि मनाई सकेको छ।स्थापना काल देखि नै सक्रिय रूपमा अगि बढेको जनसम्पर्क समिति मकाउ आउँदा दिनहरूमा पनि गहन जिम्मेवारीका साथ पार्टी र मकाउमा कार्यरत रहेका नेपालीहरूको हितको लागि अग्रसर हुने छ।

भब्य रूपमा कार्यक्रम गर्ने तयारी भई रहेको अबस्थामा नेपालको पुर्बी भागमा आएको बाढी पहिरोले नेपालको पूर्वी भाग तहस नहस बनाएको कारण अधिवेशन साधरण रूपमा गरीने छ।बर्तमान सभापति शुदर्शन थापा मगरले सम्पूर्ण कार्य भार उप सभापति लेख बहादुर गुरूङलाई जिम्मा दिए संगै कार्य बाहक सभापति लेख बहादुर गुरूङको सभापतित्वमा मिति २०१७/८/२० तारीक बसेको पूर्ण बैठकले संस्थापक सभापति अम्बिर जोशीको संयोजकत्वमा ३ सदसीय निर्वाचन कमिटी पनि गठन भएको छ।निर्वाचन कमिटीले सके सम्म सर्ब सम्मत गराउने यदि सर्बसम्मत हुन सकेन भने लोकतान्त्रिक पद्धति अनरूप चुनावी प्रकृयामा गएर नयाँ कार्य समिति चयन गर्ने छ।नेपाली जनसम्पर्क समिति मकाउको हाल सम्म ६३४ जना कृयाशील सदस्यहरू छन र ती कृयाशील सदस्यता लिएका हरूले मतदानमा भाग लिन पाउने छन।

स्मरण रहोस नेपाली जनसम्पर्क समिति मकाउको प्रथम अधिवेशन सन २०१३ जुन १४ तारीकका दिन सभापति अम्बिर जोशीको सभापतित्वमा १३ सदसीय कार्य समिति सर्व सम्मत गठन गरीएको थियो भने द्धितिय अधिवेशन २८ जुन २०१५मा सभापति शुदर्शन थापा मगरको सभापतित्वमा कार्य समिति सर्व सम्मत गठन गरीएको थियो।आशा छ आउँदा दिनहरूमा पनि नेपाली जनसम्पर्क समिति मकाउले यसरी नै काँग्रेसीहरूलाई एकताको शुत्रमा बाध्न सफल हुने छ।राष्ट्रियता,लोकतन्त्र र समाजबाद प्रति आस्था राख्ने मकाउमा कार्यरत रहेका नेपालीहरूको चाहना अधिवेशनबाट सफल नेतृत्व चयन होस भन्ने कामना गरेका छन।






Related Posts
  • चर्चित कलाकारहरु पशुपति शर्मा, प्रकाश कटुवाल, जानकी तारमी र ऋषि खड्का कुवेत आउने
  • कुवेत – काठमाण्डौं सिधा उडान डिसेम्बर ६ बाट हुने
  • सुदुरपश्चिम सेवा समाज कुवेतको प्रथम वार्षिकोत्सव फेब्रुवरी १६ मा
  • दिवंगत प्रकाश दाहाल प्रति हङकङमा श्रद्धाञ्जली सभा सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    चर्चित कलाकारहरु पशुपति शर्मा, प्रकाश कटुवाल, जानकी तारमी र ऋषि खड्का कुवेत आउने

    कुवेत – काठमाण्डौं सिधा उडान डिसेम्बर ६ बाट हुने

    “मृत्यु”  मन्जु मोक्तानको कबिता

    बिजनेष

    ओबीओआरको प्रगतिः सुस्त नेपाल, तीब्र चीन !

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस