Saturday, August 19th, 2017

 

पारि बाँध, वारि टापु, नेपालीको पिडा

भारतले सीमा सुरक्षाका लागि भन्दै दसगजासँगै जोडेर ३० मिटर चौडा र ३ मिटर अग्लो तटबन्धजस्तो सडक निर्माण गर्दा नेपाली भूभाग डुबानमा पर्दै आएका छन् सप्तरीको रमपुरा मल्हनिया कुनौलीस्थित सीमास्तम्भ नजिक भारतले निर्माण गरेको बाँधका कारण भएको डुबान । कुनौलीदेखि तिलाठीसम्मको ४ किमि पक्की बाँधले नेपाली भूभाग डुबानमा पर्दै आएको छ ।   अगस्ट १९, – भारतीय पक्षले एकतर्फी रूपमा दसगजामै जोडेर पक्की बाँध बनाएकाले नदी र खोलामा आउने बाढीको निकास थुनिँदा सप्तरीको दक्षिणी क्षेत्र बर्सेनि डुबानमा पर्दै आएको छ । सीमा सडकका नाममा भारतीय पक्षले पक्की बाँध बनाए पनि पानीफुर्सदमा


ओमानमा कार्यरत नेपाली भन्छन्, ‘सरकारले आफ्नालाई डुबाएर अरुलाई बचायो’

आफ्नै भविष्य नदेख्ने नेताले कसरी जनताको भविष्य बनाउँछन् र ?     अगस्ट १९, – घरमा बाढी पसेपछि महेशवारी–इटहर्वा, सिराहाका देवानन्द चौधरीलाई ओमनमा एकछिन पनि बस्ने मन छैन । ३७ वर्षीय चौधरी ओमनको राजधानी मस्कटबाट ६० किमि टाढा वर्कास्थित गल्फ मसरुम प्रोडक्सनमा काम गर्छन् । दुई सय कामदार रहेका त्यस कम्पनीमा झन्डै ६० नेपाली छन् । ‘बाढी डुबानले घर भत्किएको छ । घरमा ५ वर्षे छोरा र गर्भवती श्रीमती मात्रै छिन्’, डिउटी सकेर क्याम्पमा आइपुगेका चौधरीले भने,‘घरबाट घरीघरी आउने पीडादायी खबरले मन सम्हाल्न निकै कठिन हुन्छ ।’ चौधरीको घर कमलानदीफुर्सदमा


वाईसीएल सम्मेलनमा प्रचण्डले भने-युवाको विशाल फौज हेर्ने इच्छा छ

आर्थिक समृद्धिको लागि युवाको व्रिगेड बनाउन निर्देशन अगस्ट १९, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादीलाई पहिलो पार्टी बनाउने र युवाको विशाल फौज हेर्ने इच्छा रहेको बताएका अन्ललाईनखबरमा समाचार उल्लेख छ ।       वाईसीएलको दोस्रो राष्ट्रिय सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै प्रचण्डले सबै माओवादीलाई एकताबद्ध गर्ने र सुदृढ संगठन बनाउने अभियानमा लागेको बताए । पूर्व माओवादीहरुलाई पार्टी एकताका लागि आहृवान गर्दै उनले भने, ‘युवाहरुको विशाल फौज हेर्न चाहान्छु, मेरो अन्तिम इच्छा त्यही हो ।’ पहिलो र दोस्रो चरणको स्थानीय चुनावको जनादेशले सबै माओवादीलाई एकता हुन भनेको भन्दै उनलेफुर्सदमा


पत्रकार महासंघका मतदाता १५०८ (सूचिसहित)

‘प्रदेश नं ८’ मा २३० भोट ! प्रवासबाट ८ भोट ! ३ भदौ, काठमाडौं । आइतबारदेखि सुरु हुने नेपाल पत्रकार महासंघको अधिवेशनमा सहभागी हुने मतदाताहरुको सूची सार्वजनिक भएको छ । यो सूचीमा महासंघले ‘प्रदेश नं ८’ समेत उल्लेख गरेको छ । महासंघले सार्वजनिक गरेको सूची अनुसार महाधिवेशनमा कुल मतदाता स्वदेशबाट १५०८ जना छन् भने प्रवासबाट ८ जना मतदाता छन् । महासंघले काठमाडौं उपत्यकाका तीन जिल्लालाई ‘प्रदेश नं ८’ भनेको छ । जबकि देशमा संविधानतः ७ वटा मात्रै प्रदेशहरु छन् । महासंघका अनुसार प्रदेश नम्बर ८ अन्तरगत काठमाडौंमा सबैभन्दा बढी अर्थात्फुर्सदमा


रसुवा काठमाडौं सम्पर्क समितिले सम्मान कार्यक्रम गर्ने

परदेशी खबर / १९ अगष्ट । नेपाली कांग्रेस रसुवा काठमाडौं सम्पर्क समितिले रसुवा बाट SEE परिक्षा २०७४ मा A+ र A ल्याउने बिद्यार्थीहरुलाइ यहि भाद्र १७ गते सम्मान कार्यक्रम गर्ने भएको छ। सम्पर्क समितिका सभापति प्रेम पौडेलको अध्यक्षतामा बसेको बैठकले रसुवाबाट दुई श्रेणीमा उत्रिण बिद्यार्थीहरुलाई आर्थिक छात्रवृत्ति र सम्मान पत्र सहित प्रदान गर्न लागिएको जानकारी दिनु भयो। बैठकले बाढिपहिरो पीडितलाई प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्ने निर्णय पनि गरेको छ त्यस्तै लामो समय देखि कांग्रेसको राजनितिमा लागिरहनु भएका जुझारु युवा नेता शैलेश पौडेललाई उपाध्यक्षमा निर्विरोध मनोनयन गरेको सम्पर्क समितिका सचिवफुर्सदमा


कुवेतमा सिकेको सीप नेपालमा बाँड्दै पुष्प वाइबा

लामा भाइ / अगस्ट १९, काठमाडौ । कुवेत लगायत विभिन्न खाडीका देशमा काम गरि फर्केका पुष्पा वाइबाले काठमाडौमा स्पाइडर वक रोप एक्सेस नामक कम्पनी खोली नेपाली युवालाई सीप मुलक तालिम दिएर विदेशमा कमाएको सीप बाँडिरहेका छन् । कतार,कुवेत र दुबई गरि लगभग तिन दशक खाडीमा बिताएका पुष्प वाइबाले नेपाली युवालाई रोजगार मुलक सीप नेपालमा दिएर विदेशमा जाने युवाहरूका लागि सहज बनाएर रोजगारको ग्यारेन्टी र आम्दानीको श्रोत बनाउनलाई यस कम्पनीबाट सीप मुलक तालिम प्रधान गरिने बताए । कम्पनीलाइ एक कार्यक्रमका बिच पुर्वमन्त्री द्वय हितबहादुर तामाङ र राधिका तामाङको आतिथ्यमा विभिन्न ब्याक्तित्वहरुफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

चर्चित कलाकारहरु पशुपति शर्मा, प्रकाश कटुवाल, जानकी तारमी र ऋषि खड्का कुवेत आउने

कुवेत – काठमाण्डौं सिधा उडान डिसेम्बर ६ बाट हुने

“मृत्यु”  मन्जु मोक्तानको कबिता

बिजनेष

ओबीओआरको प्रगतिः सुस्त नेपाल, तीब्र चीन !

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस