रामेछापकि २२ बर्षिय यमुना मगरको साइप्रसमा रहस्यमय मृत्यु

माया लोप्चन तामाङ/ अगस्ट १५, साईप्रस। विगत १६ महिना देखि साईप्रसको राजधानी निकोसियामा कार्यरत रहेकी एक नेपाली चेलीको १३ अगस्ट आइतबारका दिन मृत्यु भएको छ। मृतक ०९०२८१८१ नंबरको राहदानी वाहक रामेछाप, टोकरपुर-८ पुन्चेतका श्याम बहादुर थापा मगरकी २२ बर्षिय छोरी यमुना मगर रहेको पुष्टि भएको छ ।

गर्मी समयमा साईप्रसबासीहरु गर्मी बिदा मनाउन घरबाट अन्त कतै अर्थात समुद्र नजिकको एरियामा गएर बिदा मनाउने गर्दछ। यसै क्रममा यमुनाको मालिक मालिकनी पनि गर्मी बिदा मनाउनको लागि यमुनालाई साथमा लिएर राजधानी बाहिर पारालिम्निको कप्परिस भन्ने ठाउँमा गएको बेला उनको रहस्यमय मृत्यु भएको हो।

गर्मी बिदाको बेलामा साईप्रसवासीहरु दिउँसो समुन्द्रमा जान्छन् भने बेलुका खानाको लागि पनि बाहिर नै जाने गर्छन्। त्यस्तै यमुनाले काम गर्ने घरको परिवार पनि आइतबार राती खाना खानको लागि बाहिर गएका थियो। यमुना मगर भने घरमा एक्लै थिइन। यमुनाको मालिक मालिकनी राती घर फर्केर आउँदा यमुना घर भित्र नभएपछि चारैतिर खोज्दै बोलाउँदै गर्दा उनलाइ मृत अवस्थामा स्विमिङ पुल भित्र फेला परेको र तत्काल एम्बुलेन्समा Famagusta General Hospital, Paralimni लगेको भन्ने समाचार “न्युज इन साईप्रस”ले प्रकाशित गरेको छ।

यसै कारण मरेको भन्ने तथ्य नभेटिए पनि हिजो सोमबार आस्पतालको प्रारम्भिक रिपोर्ट अनुसार सास फेर्न नसकेर मरेको रहेछ भनिएको छ । यसको बाँकी रिपोर्ट गम्भीर अनुसन्धान पछि होनारी कन्सुलेट मार्फत आउने भन्ने जानकारी एनआरएनए एनसीसी साईप्रसका अध्यक्ष सुवास मल्लले परदेशि खबरसंगको कुराकानिमा बताएका छन्।






Related Posts
  • आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह
  • बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक
  • राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी
  • शुभकामना आदान प्रदान गर्दै घेदुङ साईप्रसको प्रथम ऐतिहासिक वार्षिकोत्सव कार्यक्रम भव्य रुपमा सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह

    बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक

    राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी

    बिजनेष

    कामदारको तलब नै नतोकी जोर्डनसँग श्रम सम्झौता गरिँदै

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस