नेपालबाट धेरै पानी छोडिएकोले विहारमा बाढी: भारतीय मिडिया

 

 

अगस्ट १३ काठमाडौं । नेपाल आफै बाढीको भीषण चपेटामा परेर विपत्तिग्रस्त बनिरहेका बेला भारतीय सञ्चार माध्यमले कोसी नदीमा आएको बाढीले गर्दा विहारमा भैरहेको डुबान र कटानको समस्या नेपालबाट धेरै पानी छोडिएकोले उत्पन्न भएको भनेर दुष्प्रचार गरेका छन् ।

हिन्दूस्तान डट कमले तीव्र वर्षा र नेपालबाट छोडिएको पानीका कारण विहारमा बाढीको स्थिति भयावह भएको आरोप लगाएको छ । उसले लेखेको छ, ”उत्तर विहारको ४० प्रखण्डका लगभग ३५ लाख जनसंख्या बाढीले घेरिएको छ । राज्यको सीमाञ्चलका एक दर्जन जिल्लामा बाढीको पानी प्रवेश गरेको छ । किशनगञ्ज र अररिया जिल्लाको स्थिति सबैभन्दा समस्याग्रस्त बनेको छ । दुवै सहरमा तीनदेखि चार फिट पानी बगिरहेको छ । राज्य सरकारले स्थितिको गम्भीरता देखेर सेनासँग मद्दत मागेको छ । मुख्यमन्त्री नीतीशकुमारले आज बाढी प्रभावित क्षेत्रको हवाई निरीक्षण गर्दैछन् ।’’

मुख्यमन्त्री नीतीशकुमारले राज्यका उच्च अधिकारीहरूसँगको आपत्कालीन बैठकमा प्रभावित जिल्लाका प्रमुखहरूलाई तत्काल हवाईमार्गबाट आआफ्नो जिल्लामा पुगेर क्याम्प खडा गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्रीले बाढीका कारण अलपत्र परेका र घेरिएका व्यक्तिहरूलाई तुरुन्त निकालेर सुरक्षित थलोमा पुर्याउन पनि निर्देशन दिएका छन् । मुख्यमन्त्रीले सेनालाई अलर्ट राखिएको र आवश्यक परेमा सैनिकबाट मद्दत लिइने बताएका छन् ।

बाढीको भयावह अवस्थालाई मध्यनजर गर्दै मुख्यमन्त्री नीतीशकुमारले आइतबार बिहान प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह र रक्षामन्त्री अरुण जेटलीसँग टेलिफोन वार्ता गरेको समाचारमा जनाइएको छ । हिन्दूस्तान डट कमले वाल्मीकिनगर गण्डक ब्यारेजबाट ४.८५ लाख क्युसेक पानी छाडिएकाले स्थिति विकराल भएको दाबी गरेको छ ।

समाचारअनुसार विहारका अररिया, मधेपुरा, सहरसा, सुपौल, पूर्वी चम्पारण, पश्चिम चम्पारण, पूर्णिया, कटिहार, किशनगञ्ज, सीतामढी, दरभंगा र मधुबनीमा स्थिति गम्भीर छ । बाढीका कारण उत्तर विहार र बंगालअन्तर्गत किशनगञ्ज–सिलिगुडी रेलमार्ग ठप्प भएको छ । यसले गर्दा भारतको मूल भूभागसँग पूर्वोत्तरका आठ राज्यको सम्पर्क विच्छेदजस्तै भएको छ । कटिहारदेखि सिलिगुडीसम्मको रेलमार्गमा ठाउँठाउँमा पानी जम्नाले आइतबार १८ भन्दा धेरै रेलहरूले आफ्नो सेवा रद्द गरेका थिए ।

 

 

 

न्युज २४ बाट






Related Posts
  • चर्चित कलाकारहरु पशुपति शर्मा, प्रकाश कटुवाल, जानकी तारमी र ऋषि खड्का कुवेत आउने
  • कुवेत – काठमाण्डौं सिधा उडान डिसेम्बर ६ बाट हुने
  • सुदुरपश्चिम सेवा समाज कुवेतको प्रथम वार्षिकोत्सव फेब्रुवरी १६ मा
  • दिवंगत प्रकाश दाहाल प्रति हङकङमा श्रद्धाञ्जली सभा सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    चर्चित कलाकारहरु पशुपति शर्मा, प्रकाश कटुवाल, जानकी तारमी र ऋषि खड्का कुवेत आउने

    कुवेत – काठमाण्डौं सिधा उडान डिसेम्बर ६ बाट हुने

    “मृत्यु”  मन्जु मोक्तानको कबिता

    बिजनेष

    ओबीओआरको प्रगतिः सुस्त नेपाल, तीब्र चीन !

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस