इन्द योन्जनको “मेरो मन” विमोचित

दिलकुमार पाख्रीन/ ८ अगस्ट, कुवेत। नव गायक इन्द योन्जनको “मेरो मन” सेलो तथा नेपाली आधुनिक गीति एल्वम विमोचन भएको छ। गत शनिबार कमल बिनायकस्थित नेपाली फ्यामिली रेस्टुरेन्टको सभाकक्षामा एक बिशेश कार्यक्रम आयोजना गरि उक्त एल्वम विमोचन गरिएको हो।

इन्द योन्जनको सभापतित्व तथा तामाङ कलाकार संघका अध्यक्ष शुक्र लामा दोङको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रम मोडल तथा भिजे कर्म लामाले सञ्चालन गरेको थियो।

बिगत तीन बर्षदेखी कुवेतमा कार्यरत योन्जन छुट्टिमा नेपाल रहेको बेला उनले पहिलो एकल अडियो एल्बम ” मेरो मन” को विमोचन सम्पन्न गरेको हो। योन्जन पुनः केही दिनमा नै कर्म भुमी कुवेत फर्किँदै छन।

उक्त कार्यक्रममा गायकहरु राजकुमार तामाङ ,अभिषेक तामाङ, श्याम पाख्रीन, निमा दोङ, बिरेन्द्रा दोङ, कुमार तामाङ, रोम दोङ, अग्निसा लामा, सेन्स योन्जन, हावा लामा, गितकार जनक थोकर, सुर्य योन्जन तामाङ, अर्जुन पुर्बेली, सम्झना बम्जन, मोडल सुनिता दोङ, सिम्रान पौडेल, मोडल राहुल मोक्तान, अनिल राज, सञ्चारकर्मी मोहन दोङ ,फोटोग्राफर बिकास देव लामा तथा अन्य धेरै कलाकार र दर्शक श्रोताहरुको बाक्लो उपस्थिति रहेको थियो।

“मेरो मन” मा सांगीतिक क्षेत्रमा उदयमान कलाकारहरु र नेपाली तारा सिजन थ्रीका टप थ्रीसम्म पुग्न सफल गायक सुरेश लामा, बिशाल काल्तान, राजकुमार तामाङ सहितले “मेरो माया”मा संगीत दिएका छन। पाँच ओटा गीत समेटिएको उक्त एल्बमको गीतहरु “फापार पिन्ने” कुमार बलक शब्दामा, “हिँड्छु म त” अर्जुन पुर्वेलीको शव्दमा, “मेरो मन” सम्झना बम्जनको शब्द “जिन्दगिमा आयो” बिक्रम पवनको शव्द र “सुख दिनुभन्दा” देवबाबु वाइबाले शब्द संकलन गरेका हुन। यी पाँच वटै गीतमा स्वर भने इन्दले नै दिएको हो। पर्पल  भ्वाइस आफ्नै स्टुडियोमा रेकर्डिङ गरिएको उक्त एल्वमको उत्पादक तथा वितरक भने श्री म्युजिक प्रालिलाई दिएका छन् ।






Related Posts
  • चर्चित कलाकारहरु पशुपति शर्मा, प्रकाश कटुवाल, जानकी तारमी र ऋषि खड्का कुवेत आउने
  • कुवेत – काठमाण्डौं सिधा उडान डिसेम्बर ६ बाट हुने
  • सुदुरपश्चिम सेवा समाज कुवेतको प्रथम वार्षिकोत्सव फेब्रुवरी १६ मा
  • दिवंगत प्रकाश दाहाल प्रति हङकङमा श्रद्धाञ्जली सभा सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    चर्चित कलाकारहरु पशुपति शर्मा, प्रकाश कटुवाल, जानकी तारमी र ऋषि खड्का कुवेत आउने

    कुवेत – काठमाण्डौं सिधा उडान डिसेम्बर ६ बाट हुने

    “मृत्यु”  मन्जु मोक्तानको कबिता

    बिजनेष

    ओबीओआरको प्रगतिः सुस्त नेपाल, तीब्र चीन !

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस