अनशनरत डा.केसीको पक्षमा प्रदर्शन, पूर्वप्रधानन्यायाधीश कार्की पनि सामेल

 

 

अगस्ट ५, काठमाडौ ।  चिकित्सा क्षेत्र सुधारको माग राखी १३ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको समर्थनमा शनिबार जुलुस प्रदर्शन गरिएको छ । प्रदर्शनकारीहरूले केसीले अघि सारेका माग तत्काल सम्बोधन गर्नुपर्ने माग राखेका छन् । चिकित्सा शिक्षासम्बन्धी विधेयक संसदबाट तत्काल पारित गरिनुपर्नेलगायत केसीको माग छ ।

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शनमा चिकित्सा शिक्षाका विद्यार्थी, विभिन्न पेसाकर्मी र सर्वसाधारणको उपस्थिति थियो । शनिबारको प्रदर्शनमा पूर्वप्रधानन्याधीश सुशीला कार्की पनि सहभागी थिइन् । जुलुस बानेश्वर पुगेर कोणसभामा परिणत भएको छ ।

शनिबारको प्रदर्शनमा पूर्वप्रधानन्याधीश सुशीला कार्की पनि सहभागी थिइन् । कार्कीले डा केसीको अनसनमा ऐक्यवद्धता जनाउँदै आफू पनि प्रदर्शनमा सहभागी भएको बताइन् । डा केसीको माग जायज रहेको, शिक्षा र स्वस्थ्य क्षेत्रमा देखिएको विकृति र विसंगतीविरुद्ध लागेकोल‍े सर्वसाधारण पनि केसीको पक्षमा लाग्नु पर्ने बताइन् । उनले भनिन्, ‘डा केसीले स्वास्थ्य क्षेत्रमा योग्य र दक्ष व्यक्ति आउन् भनेर नै अनसन बस्नु भएको छ । यो क्षेत्रमा व्यापार गर्न पाइन्न । त्यसैले यो अनसनलाई साथ दिऔं’

कार्कीले विदेशमा पनि यस्तो राम्रो माग गरेर अनसन बसिने जनाउँदै केसीको अनसन न्यायसंगत भएको  बताइन् ।

साभार कान्तिपुर






Related Posts
  • आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह
  • बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक
  • राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी
  • एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित
  • पछिल्ला सम्प्रेसणहरु

    आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह

    बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक

    राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी

    बिजनेष

    कामदारको तलब नै नतोकी जोर्डनसँग श्रम सम्झौता गरिँदै

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस