कुवेतमा २०४औं भानु जयन्ती मनाईयो

 

आकाश शेर्पा / जुलाई १४, कुवेत ।  विश्व नेपाली साहित्य महासंघ कुवेत शाखाको आयोजनामा आदिकवि भानु जयन्तीलाई साहित्यिक कार्यक्रम गरि मनाईएको छ ।

“विश्वभरका साहित्यकारहरु एक जुट हौऔं नेपाली साहित्यलाई समृद्ध बनाऔं” भन्ने नारालाई लिई २०११ मा कवि अमीत चाम्लिङ राईको अध्यक्षतामा कुवेत शाखा गठन भएको विश्व नेपाली साहित्य महासंघ कुवेतले हरेक वर्ष जसरी यस वर्ष पनि रचना वाचन तथा साहित्यिक कार्यक्रम आयोजना गरिएको हो । महासंघ कुवेतले २०१औं भानु जयन्तिको अवसरमा प्रतियोगितात्मक कविता वाचन कार्यक्रमको आयोजना गरेको थियो भने २०२ औं भानु जयन्ति बाहेक लगातार मनाउदै आएको छ । २०२ औं भानु जयन्ति विनासकारी भाकम्पको कारणले स्थगित भएको थियो ।

 

नेपाली राजदुतावास कुवेतका द्वितीय सचीव ज्ञानबहादुर मगरको प्रमुख आतिथ्य तथा विश्व नेपाली साहित्य महासंघका सदस्य तथा साहित्यकार रमेश किराँती”चट्याङ”को सभापतित्व भएको उक्त कार्यक्रमको सहजीकरण प्रेम कटुवाल र अमर खड्काले संयुक्तरुपमा गरेको थियोे भने कार्यक्रमको संयोजक राजेन्द्र बिरही रहेको थियो। कार्यक्रमलाई प्रमुख अतिथि, सभापति तथा अतिथिहरु द्वारा आदिकवि भानुभक्त आचार्यको तस्वीरमा माल्यार्पण गरेर कार्यक्रमको सुरुवात गरेको थियो । नैनाकला राईले स्वागत मन्तव्य दिदै भानु र साहित्यको चर्चा गर्नु भएको थियो।

शुभकामना मन्तव्यको कार्यक्रममा द्वितीय सचीव ज्ञानबहादुर मगरले आदिकवि भानुभक्त आचार्यको चर्चा गर्दै कुवेतमा यस्ता साहित्यिक कार्यक्रमले सबैलाई समेट्न सकिने र यसरी गरिएको कार्यक्रममा वाचन भएका रचनाहरुलाई संकलन गरि साहित्यिक पुस्तक प्रकाशन गर्न सकेमा साहित्य तथा सर्जकलाई अझ हौसला मिल्ने बताउनु भयो । शुभकामना मन्तव्यकै क्रममा इन्द्र भुसाल , मन्जित राई, अर्जुन उदासी , नारायण पोख्रेल लगायतको भानुभक्त र घाँसीको चर्चा गर्नु भएको थियो । भोजपुर सेवा समाज कुवेतका अध्यक्ष तथा परदेशी खबर डटकमका प्रमुख कार्यकारी सम्पादक कोशराज राईले कुवेतमा पनि यतिका साहित्य सर्जकहरु लुकेर बसेका छन् आउने दिनमा यसरी साहित्यिक कार्यक्रमहरुलाई अगाडि बढाउन आफ्नो ठाउँबाट सक्दो सहयोग गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

विश्व नेपाली साहित्य महासंघ कुवेत शाखालाई केन्द्रिय महासंघले पनि शुभकामना सन्देश पठाउनु भएको थियो । शुभकामना सन्देशलाई पाठ गरेर कार्यक्रममा प्रस्तुत गरिएको थियो केन्द्रिय अध्यक्ष विश्वास दीप तिलेगाले हस्ताक्षरीत शुभकामना सन्देशमा भनिएको छ “यस महत्त्वपूर्ण अवसरमा प्रत्येक साहित्यकारहरुको कलम शक्ति अझ शक्तिशाली बन्दै जाओस् । विश्वभरका नेपाली भाषी तथा गैर नेपाली भाषी बीच भातृत्व बिकास भइ समग्र बिकास र परिवर्तनको लागि साहित्य सशक्त उर्जा बन्न सकोस् । कुवेतमा भएका कलमकर्मीहरुको सफलताको कामना गर्दै सातौं स्थापना दिवस तथा भानु जयन्तीको शुभकामना व्यक्त गरेका हुन ।

 

 

साथमा विशेष कारणबस् नेपालमा रहनु भएका विश्व नेपाली साहित्य महासंघ कुवेत शाखाका अध्यक्ष अमीत चाम्लिङ राईले पनि नेपालबाट शुभकामना सन्देश पठाउदै हर्षोल्लासका साथ मनाईरहेका २०४ औं भानु जयन्तीलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रवासमा रहेर सिर्जना गर्नु हुने साहित्यलाई सहयोग गर्नु हुने सम्पुर्णलाई धन्यवाद दिदै शुभकामना सन्देश पठाउनु भएको थियो । साथै मकाउ तथा नेपालबाट पनि शुभकामना सन्देशको साथमा रचना पठाईएको थियो ।

 

 

 

साहित्यिक प्रेमीहरुको माहोलमा भएको कार्यक्रममा प्रसाद तिमल्सिना,निरुमाया खड्का,एस्पी माथवर ,रमेश बियोगी काफ्ले,इन्द्र भुसाल ,अमर खड्का ,गगन बिस्ट ,प्रेम कटवाल ,शान्ति राई,रेवाती भट्टराई ,अर्जुन उदासी ,बिर बिक्रम सुनार ,जानकी दर्लामी जानू ,माधव पौडेल ,ॠदम राई ,नैनाकला राई, डोलराज न्यौपाने र आकाश शेर्पा”यात्री” लगायतले आफ्नो रचना प्रस्तुत गरेका थिए ।

 

साहित्य सर्जकहरुको सिर्जनाहरुमा भानुभक्तको चर्चा परिचर्चा सँगसँगै सामाजिक कुरा, प्रवासका वेदना, बिकृति बिसंगतीका कुराहरुलाई समेटिएको रचनाहरु प्रस्तुत गरेका थिए ।

 






Related Posts
  • आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह
  • बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक
  • राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी
  • एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित
  • पछिल्ला सम्प्रेसणहरु

    आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह

    बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक

    राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी

    बिजनेष

    कामदारको तलब नै नतोकी जोर्डनसँग श्रम सम्झौता गरिँदै

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस