आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

प्रवासी कल्याण कोष कतारद्वारा मृगौला पिडित सीता खुलाललाई १ लाख ४६ हजार रुपैयाँ सहयोग

परदेशी खबर १८ बैशाख २०७४, सोमबार १६:३९ मा प्रकाशित ( ६ साल अघि) २०५ पाठक संख्या

दिलकुमार पाख्रीन/०१ मे, कुवेत। चितवन भवानीपुर -८ भण्डरा निवासी टेक बहादुर खुलालकि छोरी सिता खुलाललाई प्रवासी कल्याण कोष कतारद्वारा १ लाख छ्यालिस हजार ३ सय २० रुपैयाँ सहयोग गरिएको छ। सीता बिगत लामो समयदेखी दुवै मृगौला फेल भएर नेपाल मेडिकल कलेज शिक्षण अस्पताल काठमाण्डौमा उपचार गराइरहेकी छिन।

आर्थिक अवस्था नाजुक भएकै कारण उनको उपचारमा लाग्ने खर्चको लागि उनको परिवरले देश विदेशमा रहेका संघ संस्था तथा नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ सहयोगको अपेक्षा गरिरहेका छन। यसैक्रम्मा प्रवासी कल्याण कोषका उपाध्यक्ष नवराज शाहि ठकुरीले यो जानकारी आएपछी प्रवासी कल्याण कोषका टिम सहयोग संकलन कार्यमा लागि परेको कोषका अध्यक्ष निकास घ्लन तामाङले परदेशि खबरलाइ जानकारी दिएका छन।

सरकारले डायसिस गरेको पैसा नपर्ने ब्यबस्था गरेपनि महंगो औषधि किनेर खान पर्दा उनको आर्थिक स्थिती झन झन नाजुक बन्दै गैरहेको छ। अन्य देश अथवा ठाउँबाट के कति सहयोग पैरहेकी छिन भन्ने खासै जानकारी नभए पनि पिडित पक्षले सहयोगको लागि देश विदेशमा रहेका सबै नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ अनुरोध गरेका छन।

३३ बर्षिय सिताको उपचारार्थ प्रवासी कल्याण कोष कतारका उपाध्यक्ष अभियान्त नवराज शाही ठकुरिको नामबाट पीडितका पिता टेकबहादुर खुलालको नाम्मा उक्त रकम पठाएइको हो। सो रकम कतारमै श्रम गरिरहनुभएका नेपाली दाजुभाइ दिदिबहिनिहरुबाट संकलन भएकोले अध्यक्ष घ्लन तामाङले सम्पुर्ण सहयोगि मन अनि हातहरुलाइ धन्यवाद ब्यक्त गरेका छन। साथै आफ्नो कोषमा रहेको सबै सदस्यहरु एक्टिभ भएकोमा एकदम खुसी समेत ब्यक्त गरेका छन। “यहाँका दाजुभाइहरुको साथ सहयोग पाउँदा आफुमा अझ बढी उर्जा थपिएको महसुस हुन्छ”थप्दै उनले भने। यस्तै साथ सहयोग पाए प्रवासी कल्याण कोषले अन्य धेरै ठुला ठुला कामहरु पनि गर्न सक्नेमा बिश्वस्त छन उनिहरु।

यदि तपाइहरु पनि सहयोग गर्न चहानुहुन्छ भने पिडितका पितलाइ 9779811183214 मा सम्पर्क गरि सहयोग गर्न सक्नुहुनेछ