आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

प्रचण्डलाई यसरी नैतिक संकटमा पारेर राजीनामा गराउने तयारीमा थिइन् सुशिला कार्की

परदेशी खबर १७ बैशाख २०७४, आईतवार १८:५२ मा प्रकाशित ( ६ साल अघि) ३५६ पाठक संख्या

अप्रील ३०, काठमाडौं । प्रधानन्यायधीश सुशिला कार्कीमाथि सत्तारुढ नेपाली कांग्रेस र माअोवादी केन्द्रले महाभियोग प्रस्ताव दर्ता गराएपछि उनीमाथि महाभियोग लगाउनुपर्ने अवस्था कसरी सिर्जना भयो भन्ने विषय यतिबेला सबैको चासोको विषय बनेको छ ।

नबनोस् पनि कसरी, अाइतबार संशोधन प्रस्तावमाथि संसदमा निर्णय हुने भनिएता पनि त्यसलाई कार्यसुचीमै नराखी २१ गतेसम्मका लागि संसद स्थगन गरे लगत्तै कार्कीमाथि महाभियोग प्रस्ताव लगाएपछि यो विषय थप चासोको विषय बन्यो ।

स्रोतका अनुसार निलम्बित प्रधानन्यायधीश कार्कीविरुद्व दुई दलले महाभियोग लगाउने विषयमा पछिल्लो एकसातादेखि छलफल चालेको थियो ।

स्रोतका अनुसार कार्कीले १९ वैशाखमा अाइजीपी प्रकरणमा डिअाइजी नवराज सिलवालले हालेको रिटमाथि सुनुवार्इ गर्दै सरकारविरुद्व फैसला गर्ने संकेत सरकारले पाएको थियो ।

कार्कीले बैशाख १९ गते नवराज सिलवाललाई पूरै कार्यकाल आइजीपी बनाउने आदेशसहितको निर्णय सुनाएर फुली लगाइदिएर विदामा बस्ने तयारी गरेकी थिइन् ।

‘कार्यपालिकामाथिको यस्तो हस्तक्षेप कुनै पनि हालतमा सैह्य हुँदैन । कार्यपालिकाले गरेको निर्णय उल्टाउने र एउटा व्यक्तिको पक्षमा हात धोएर लाग्ने काम गरेकाले सुशीलामाथि महाअभियोग लगाउनुपरेको हो ।’ स्रोतले भन्यो, ‘जयबहादुरलाई आइजीपी नबनाउ भनियो, हामीले बनाएनौं । कार्यसम्पादनका आधारमा बनाऊ, भनियो, हामीले त्यसै गर्‍यौं । यसवीचमा सिलवालले कीर्ते गरेको छानविनबाट पुष्टि भयो, उनलाई सुशीला कार्कीले नपक्र, छानविन नगर भनिन् । त्यसपछि अझै अगाडि बढेर उनी आफैं फुली लगाइदिन लागि परिन् ।’

यत्ति मात्रै होइन, सिलवाललाई फुली लगाउनुका साथै कार्कीले प्रधानमन्त्रीलाई अपहेलनाको अभियोग लगाउने सुचना पाएपछि प्रधानमन्त्री प्रचण्डले उनीमाथि महाअभियोगको प्रस्ताव दर्ता गराउनका लागि छलफल थालेका थिए ।

कार्कीमाथि महाभियोगको प्रस्ताव दर्ता भएसँगै प्रधानमन्त्री प्रचण्डको विरद्वमा रचिएका षड्यन्त्रहरु असफल भएको प्रधानमन्त्री निकट स्रोतको दावी छ ।

यदि कार्कीले प्रधानमन्त्रीविरुद्वको अपहलेना अभियोग लगाएको खण्डमा नैतिकताको अाधारमा प्रचण्डले पदबाट राजीनामा दिनुपर्ने अवस्था सिर्जना हुने निश्चित थियो । उज्यालो अनलाईनबाट ।