आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

डीआईजी सिलवाल पक्राउ प्रकरणबारे प्रहरी मुख्यालयले निकाल्यो विज्ञाप्ति

परदेशी खबर १२ बैशाख २०७४, मंगलवार ०७:२१ मा प्रकाशित ( ६ साल अघि) २४९ पाठक संख्या

अप्रील २५, काठमाडौं । नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई पक्राउ गर्दा पत्र दिई सूचित गराइएको प्रहरी प्रधान कार्यालयले स्पष्ट पारेको छ । डीआईजी सिलवाललाई पक्राउ गर्दा पक्राउ पुर्जी नदिइएको भनी चर्काे विरोध भइरहेका बेला प्रधान कार्यालयले विज्ञप्ती नै जारी गरेर यस विषयमा प्रष्ट पारेको हो ।

प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालद्वारा जारी विज्ञप्तीमा डीआईजी सिलवाललाई पक्राउ गर्नुको विस्तृत कारण र रिहाबारे आज मंगलबार सर्वाेच्च अदालतलाई जानकारी गराइएको पनि उल्लेख छ, भनि राजधानी दैनिकले समाचार प्रकाशित गरेको छ ।