आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

किरात मन्च नेपालद्वारा अल्ट्रा धाबिका मिरा राई सम्मानित

परदेशी खबर १० बैशाख २०७४, आईतवार १८:३३ मा प्रकाशित ( ६ साल अघि) २१३ पाठक संख्या

सञ्जय याक्खा/ २३ अप्रील, हङकङ।  अल्ट्रा रनर धाबिका मिरा राईलाई किरात मन्च नेपाल द्वारा सम्मान गरिएको छ । हिजो बैशाख १० गते किरात राई यायोक्खा तायारिप्ची बहुद्धेसिय भवन ईटहरीमा आयोजित कार्यक्रममा मिरा राईलाई सम्मान गरीएको थियो । धाबिका राईलाई मन्चले सम्मान पत्र, मायाको चिनो स्वरुप चिण्डो र सम्मान स्वरुप रु ५००००० (पचास हजार) ले सम्मान गरिएको थियो । पुर्व सस्कृति तथा शंघिय मामिला मन्त्रि गोपाल किरातीको हातबाट धाबिका राईलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा पुर्व मन्त्रि किराती प्रमुख अतिथी रहेका थिए भने कार्यक्रमको सभापति किरात मन्च नेपालका अध्यक्ष मोहन किराती रहेका थिए ।

अपरान्ह १ बजे बाट सुरु भएको कार्यक्रममा अन्य किरातजन्य संघ सस्थाको पनि सहभागिता रहेको थियो । किरात मन्च नेपालका महासचिव किशन राईले सन्चालन गरेको कार्यक्रममा किरात मन्च नेपालका सदस्य मिक्सो शेर्मा लिम्बुले स्वागत मन्तब्य दिएका थिए भने मन्चका कोषाध्यक्ष माया राईले कार्यक्रमको उद्धेस्यको बारेमा प्रकाश परेकी थिइन । कार्यक्रममा सबै अतिथी र प्रमुख अतिथी बाट मन्तब्य राखीएको थियो । यसका साथै किरात कलाकार संघ बाट गीत प्रस्तुत गरीएको थियो ।

उक्त कार्यक्रममा किरात राई यायोक्खा प्रराम्भिक कार्य समिती, किरात राई सुम्निमा कार्य समिती र किरात राई सुम्निमा संघ प्ररम्भिक कार्य समिती सुनसरीले सम्मान पत्र र ढाकाको बर्को ओढाएर धाबिका राईलाई सम्मान गरेका थिए ।