आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

लोडशेडीङ अन्त्यमा त्रीकोणात्मक ब्राण्डेड नेतृत्व

परदेशी खबर ६ बैशाख २०७४, बुधबार ०४:०५ मा प्रकाशित ( ६ साल अघि) २०५ पाठक संख्या

सन्जय याक्खा/ अप्रील १८ हङ्कङ। ७ महीना पहिले सम्म १२ वर्षदेखी दैनिक १६ घण्टासम्म लोडशेडिङ खेपी रहेको नेपालमा एकाएक केन्द्र नामको काठमाण्डूमा चौबिसै घण्टा बिजूलि आऊने क़ूरा निक़ै हास्यास्पद बनेको थियो । अझ वैशाख सम्म देशभर लोडशेडीङ हटाउने क़ूराले सामाजिक संजाल नै हास्यस्पद बनेको थियो । नेपाल विद्युत प्राधिकरणका पूर्व निर्देशक काफ्लेले वैशाख सम्म लोडशेडीङ अन्त्य भए सार्वजनिक पद धारण गर्दिन भनेर ठोकुवा समेत गर्न भ्याए ।

धेरै एमाले निकटकाले असम्भव क़ूरा भनेर सामाजिक संजाललाई सजाईदिए । तर, वर्तमान ऊर्जा मन्त्रि जनार्दन शर्मा (प्रभाकर) जो माओवादी जनयुद्दका एक खुङखार कमाण्डर थिए । लड़ाकू कमाण्डर जनार्दन शर्मा (प्रभाकर) ऊर्जा क्षेत्रका पनी एक ब्राण्डेड कमाण्डर बने जस्ले ती सपना देखेका थिए नेपालको लोडशेडीङ अन्त्य सफल बनाउने योजना पनी बुनीसकेका थीए । परिणामत २०७३ को लक्ष्मी पूजाको दिन देखी काठमाण्डू र वैशाख १ देखी देशै भर लोडशेडीङ अन्त्य भएको छ ।

बर्षौदेखी बढ्दो क्रममा रहेको नेपालको लोडशेडीङ यी ब्राण्डेड नेतृत्व शर्माले कुनै जादू गरेका हैनन । भन्ने हो भने ऊर्जा मन्त्रीकै बोलीचालीमा “हिजोकै संरचना, स्रोत र बिध्युत परिचालन गरीएको हो । यो उद्देश्य पुरा गर्न उनले अर्का ब्राण्डलाई चुने । अर्का ब्राण्डेड नेतृत्व कुलमान घिसीङलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाई नेतृत्व ब्राण्डलाई अझ मजबुत बनाए । चिलिमे जलबिध्युत आयोजना सफल बनाए देखी कुलमान ब्राण्डलाई नियाली सकेका यी शर्मा ब्राण्डलाई प्रचण्ड नेतृत्व अर्का अव्वल ब्राण्डले ऊर्जा मन्त्रिमा नियुक्त गरे पछि यो त्रीकोणात्मक ब्राण्डको मेल खायो तसर्थ नेपालमा लोडशेडीङ अन्त्य संगै विद्युत तस्करीमा संग्लगन घुइचोलाई तह लगाउने काम भयो ।

यसरी सही व्यक्तिलाई सही ठाउँमा ल्याएर काम गरियो यसको नतीजा आम नेपालीले रातमा पनी झलमल्ल उज़्यालो र टुकी जगतमा अलमलिएका नेपालीलाई उज़्यालो बाटो देखाउने काम भयो ।

ऊर्जामन्त्रि शर्मा बिध्यूत उत्पादनलाई र नेपालको पानी जनताको लगानीलाई अबको प्राथमिकता बनाएर अगाड़ी बढ़ीरहेका छन ।

अबका दिनमा पनी यी ब्राण्डलाई नेतृत्व सुम्पिने हो भने समृद्ध नेपाल हेर्न टाढा जानु पर्दैन ।