आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

कुवेतमा जन्मियो 'संकल्प नेपाल' व्याण्ड, पहिलो प्रस्तुति मै धेरैको मन जित्यो

परदेशी खबर ३ बैशाख २०७४, आईतवार ०६:५५ मा प्रकाशित ( ६ साल अघि) १७० पाठक संख्या

यस पटकको नव वर्षसंगै नयाँ संकल्प लिएर जन्मिएको छ, ”संकल्प नेपाल” । हजुर म त्यही संकल्प नेपालको कुरा गर्दैछु, जस्ले नव वर्ष २०७४ को आगमनसंगै नेपाल कुवेत सरोकार समाजद्वारा आयोजित साँस्कृतिक कार्यक्रममा अतिथि कलाकारहरु चर्चित पप तथा आधुनिक गायक डम्बर नेपाली र चर्चित लोक दोहोरी गायिका साबित्री जोशीको साथमा आफ्नो पहिलो प्रस्तुतिद्वारा नै कुवेतवासी नेपालीहरुको मन जित्न सफल भयो ।

‘संकल्प नेपाल’ व्याण्ड भरखरै मात्र स्थापना भएको हुनाले आफ्नो गीतहरु तैयारी नभई सकेको कारण पुराना गीतहरु “गाउँगाउबाट उठ, बस्ति बस्तिबाट उठ, यो देशको मुहार फेर्नलाई उठ, के भन्ने हाम्रो समय र सुन साईंली जस्ता गीतहरु अति सुमधुर आवाजमा सुनाएर दर्शकहरुको ध्यान खिच्न मात्र होईन वाह वाही र वान्स मोर जास्ता कमेन्टहरु कार्यक्रमस्थल मै पाईरहेका थिए ।

दर्शक श्रोताहरु पनि सबै एकैनासको नभएको र फरक किसिमको गीत संगीतलाई मन पराउनेहरुको संख्या पनि उल्लेख्य रुपमा रहेको कारण उनै दर्शक श्रोताहरुको चाहानालाई ध्यानमा राखेर ‘संकल्प नेपाल’व्याण्डको स्थापना भएको हुनाले यसरी नै भविष्यमा पनि आफ्ना प्रस्तुतिहरुद्वारा नेपाली गीत संगीत प्रेमी दर्शक श्रोताहरुलाई भरपुर मनोरन्जन दिने, छिट्टै नै आफ्नो व्याण्डले एल्वम रिलिज गर्ने योजना रहेको उक्त व्याण्डका ड्रमर तथा भोकलिस्ट राजु थापा बताउँछन् । उनले थपे, आफुहरु कुवेतमा कृयाशिल कुनै पनि संघ संस्थामा आवद्द नहुने र कुनै पनि संघ संस्थाले प्रस्तुतिहरु दिन निमन्त्रणा गरेमा सो को लागि पनि आफुहरु तैयार छौं ।

को को छन् व्याण्डमा?
‘संकल्प नेपाल’व्याण्डका भोकलिस्ट मोहन राईका अनुसार व्याण्डमा नेपालमा चर्चित तथा ठूल्ठूला व्याण्डहरुमा काम गरिसकेका सदस्यहरु आवद्द छन् ।
टिम म्यानेजर – सुरज शाही, (भोकलिस्ट, गीटर), अनिल घले (गीटर, ड्रम), शाहिल श्रेष्ठ (वेस गीटर), सुरज प्रधान (वेस लीड), राजु कार्की (रिदम), मोहन राई (भोकल) शम्भु राई (सेकर), आकाश राई (जीमी बाजा), राजु थापा (भोकल, ड्रम) रहेका छन् ।

आगमी दिनहरुमा संकल्प नेपाल व्याण्डले प्रगति र उच्च स्थान हासिल गर्न सफल होस् परदेशी खबरको शुभकामना !