आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

तामाङ घेदुङ इजरायलको तेस्रो अधिबेशन अगमी मे १२ मा हुने

परदेशी खबर ११ चैत्र २०७३, शुक्रबार ०७:५९ मा प्रकाशित ( ७ साल अघि) ४७० पाठक संख्या

अशिमदोर्जे तामाङ/मार्च २४,साउदी अरब। नेपाल तामाङ घेदुङ प्रवास शाखा इजरायलको तेस्रो ऐतिहसिक अधिवेशन आउदो मे १२ तारीख २०१७ शुक्रवार हुने भएको छ ।

” पहिचान ,अधिकार सहितको ताम्सालिङ प्रदेश स्थापना गरौ ” भन्ने मुख्य नारा सहित सम्पन्न हुन गइ रहेको अधिबेशनमा सम्पूर्ण तामाङ ज्योज्यो -आले,नाना -अंगा हरुलाई आफ्ना स्वतन्त्र अधिकार सहित सहभागिता हुँदै ऐतिहासिक अधिवेशनलाई सभ्य र भब्यताको साथ सम्पन्न र सफल बनाइ दिनको लगि अयोजक संस्था नेपाल तामाङ घेदुङ प्रवास शाखा इजरायलले सबैमा अनुरोध गरेका छन् ।

प्रवास भूमिमा कार्यरत रहेर पनि आफ्नु तामाङ जति समुदायको उथान र विकासको निम्ति ,आफ्नु मौलिक संस्कृति ,धर्म ,भाषा ,कला -साहित्य, चाड -पर्ब, भेष -भुषाको संरक्षण र सम्बर्धनको निम्ति साथ ,सहयोग र योगदानको उच्च भावना राख्दै आफ्नो साझा तामाङ संस्था नेपाल तामाङ घेदुङ इजरायललाइ सशक्त ढंगले अघि बढाउँन नयाँ सदस्यता लिएर आबद्धसमेत हुन तामाङ घेदुङ इजरायलकी वरिष्ठ उपाध्यक्ष माया दिप्मा तामाङले जानकारी गराइन ।

घेदुङ इजरायलको एतिहासिक अधिबेशन तखाना पछाडीको सानोपार्क, तेल अभिब इजरायलमा मे १२ शुक्रवारको दिन साँझको ६:३० बाट सुरु हुने छ ।