आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

"बुद्ध वाज बर्न इन नेपाल" सामाजिक संजाल फेसबुकमा लोकप्रिय हुँदै

परदेशी खबर ५ चैत्र २०७३, शनिबार १६:०१ मा प्रकाशित ( ७ साल अघि) ३४५ पाठक संख्या

अशिम दोर्जे तामाङ/ मार्च १८, साउदी। सामाजिक संजालहरुको दुनियाँमा फेसबुक प्रयोगकर्ता संसारमा अत्याधिक छन । हरेक मान्छेले केही न केही कुराको जानकारी यसै फेसबुक मार्फत शेयर गर्छन् र थाहा पाउछन् । फेसबुकले केही दिन यता आफ्नो प्रोफाइल फोटाे एडिट गर्न फ्रेम हरुको अप्सनहरु रखिएको छ बालमा । यसै फ्रेम हरु मध्ये बुद्ध सहितको “Buddha was born in nepal” नामक फेसबुक फोटो फ्रेमले अहिले निकै ब्यापाकता पाइरहेका छन । फेसबुक प्रयोगकर्ताहरुले धमाधम आफ्नो प्रोफाइलमा यो फ्रेम सहितको फोटोहरु शेयर गरिरहेका छन ।

छिमेकी मुलुक भारत लगायत केही तत्वहरुले बेला बखत बुद्ध नेपालमा जन्मिएका थिएनन् भन्ने भ्रमक समाचारहरु बहिर आइरहदा यो तथ्य सहितको फेसबुक फ्रेमले यस्तो निराधार कुराको भ्रम चिर्ने काम गरेको छ । साथै यो संगै सम्पुर्ण रास्ट्रप्रेमी जनता र बौद्धमार्गीहरुमा थप उर्जा प्रदान गरेको छ्न भने हरेक नेपालीको शिर उच्च भएको छ ।

बिश्वका विभिन्न देशका नागरिक जो बुद्ध कहाँ जन्मिएका थिए र केही दोधारमा भएका आम बिश्वभरका मनिसहरुमा यो फेसबुक फ्रेमले सकारात्मक सन्देश गएको छ ।