आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024
FLASH NEWS

युएईमा अपाङ्ग तथा अनाथ बालबालिकाको सहयोगार्थ सास्कृतिक साँझ २०७४ हुने

परदेशी खबर ३ चैत्र २०७३, बिहीबार १८:४३ मा प्रकाशित ( ७ साल अघि) ४४८ पाठक संख्या


अनिस तामाङ/ मार्च १६, दुबई। बैदेशिक रोजगारीको शिलसिलामा युएईमा रहेका काभ्रेलीहरुको साझा समाजिक संस्था काभ्रे सेवा समाज युएईद्धारा आगामी अप्रिल १४ मा अपाङ्ग तथा अनाथ बालबालिहरुको सहयोगार्थ नयाँ वर्षको २०७४ को बिशेष अवसरमा संस्कृतिक साँझ २०७४ मनाउने भएको छ ।

विशुद्ध सामाजिक सेवा गर्ने उदेश्यले ८ अगस्ट २०१४ मा स्थापित (काभ्रे सम्पर्क समिति) हाल परिमार्जित पछि काभ्रे सेवा समाज युएईले विभिन्न क्षेत्रहरुमा सामाजिक सेवाहरु प्रदान गर्दै आउने क्रम संगै यहि आउदो नेपाली नयाँ वर्ष २०७४ को पावन अवसरमा अपाङ्ग तथा अनाथ बालबालिकाहरुको सहयोगार्थ संस्कृतिक साँझ २०७४ कार्यक्रम अन्तिम तयारीमा रहेको समाजका संरक्षक दामोदर दाहालले जानकारी दिएका छन् ।

यहि आउदो नया बर्ष २०७४ बैशाख १ गते (१४ अप्रिल २०१७) शुक्रबारको दिन हुन गइरहेको संस्कृतिक कार्यक्रममा नेपालबाट संगीतकार तथा चर्चित गायक विश्व दोङ, पछिल्लो चरण व्यस्त गायिका भनेर चिनिने लोक तथा आधुनिक गायिका रिता केसी, चर्चित नायिका तथा आईटम डान्सर रिया श्रेष्ठ लगायतका कलाकारहरु युएई आउने भएका छन् । नेपालबाट आउने कलाकारहरुको साथमा युएईमा रहेका नेपाली कलाकारहरु गोपीकृष्ण पंगेनी, निश्चल श्री, सन्ध्या सुस्केरा, अन्जुली लोप्चन, ईन्द्र सिन्चुरी, रोसनी शुब्ब, सोनी राना मगर, प्रवेग दोङ, डिभि समर्पण लगायतका दर्जनौं कलाकारहरुको बिजोड प्रस्तुति रहने समाजका महासचिब उत्तम बिकले जानकारी दिएका छन् ।

दुबईको देरा स्थित कर्लटन टावर होटलको हलमा दिनको २ बजे बाट शुरु हुने कार्यक्रमको लागि युएईबासि सम्पूर्णलाई उपस्थित भई कार्यक्रम सफल परिदिन काभ्रे सेवा समाज युईका अध्यक्ष दिल लामाले युएईबासि नेपालीहरुलाई आग्रह गरेका छन् । उक्त कार्यक्रमको लागि TRUST GENIC कम्पनी, मारहाबा ट्राभल्स, अन्नपूर्ण सुनचादी पसल, बिजेता ग्रुप कम्पनी, फिस्टल ट्रभल्स , नेपालीको सगरमाथा रेष्टुरेन्ट ,भावर्ची रेष्टुरेन्ट, फलाफिल्गी रेष्टुरेन्ट, नेपाली रेष्टुरेन्ट , काठमाडौं रेष्टुरेन्ट, ग्रिन्ड डान्सबार, नमस्ते रेष्टुरेन्ट ,भान्छाघर रेस्टुरेन्ट इभरेष्ट एच.आर कन्सलटेन्सी, नमस्ते ट्राभल्स,जि.के.एस. टायर लगायत ईसपोन्सर रहेको आयोजकले जानकारी दिइएको छ ।